माघ १५, काठमाडौं । लागुऔषध कारोबारमा संलग्न एक गिरोहका सदस्यसँग करिब १० करोडबराबरको अवैध सम्पत्ति भेटिएको छ । भारतबाट नेपालमा लागुऔषध तस्करी गर्ने बारा परवानीपुर– ३ का प्रदीप सर्राफसँग १० करोडभन्दा धेरै सम्पत्ति भेटिएको हो ।
उनको सो सम्पत्ति जफतको माग गरी प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले सर्राफलाई गत २ असोजमा लागुऔषधसहित पक्राउ गरेको हो । अनुसन्धान गर्दा उनी गिरोहको माथिल्लो तहका कारोबारी भएको र यही अपराधबाट उनले सम्पत्ति आर्जन गरेको देखिएपछि प्रहरीले लागुऔषधसहित गत मंसिरमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । उनलाई १० करोड ८६ हजार पाँच सय ८० रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको ब्युरोेले जनाएको छ । स्थापनाको ३२ वर्ष लामो इतिहासमा ब्युरोले पहिलोपटक लागुऔषध कारोबारीको सम्पत्तिसमेत खोजेर मुद्दा दायर गरिएको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए । गत वैशाखदेखि प्रहरीले सम्पत्ति शुद्धीकरणमा आफैँ अनुसन्धान गर्ने अधिकार पाएको हो ।
वर्षौँदेखि लागुऔषध कारोबारमा संलग्न सर्राफको घर, जग्गा तथा बैंकको नगद जफतको माग गरी मुद्दा दायर गरिएको ब्युरोका एक अधिकारीले बताए । प्रहरीले गत ३१ भदौमा बालाजु पवित्रनगरबाट नौ हजार क्याप्सुल ट्रामाडोलसहित पर्वतका बालकृष्ण अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो क्रममा झापाकी सम्झना रोक्का पक्राउ परेकी थिइन् । रोक्काकै बयानका आधारमा बाराका सर्राफ र मनमोहन श्रेष्ठ पक्राउ परेका हुन् । चारैजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।
सम्झना रोक्काविरुद्ध एक करोड ७२ लाख ५९ हजार, मनमोहन श्रेष्ठविरुद्ध एक करोड ५९ लाख सात हजार तथा बालकृष्ण अधिकारीविरुद्ध २५ लाख ४३ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...