मंसिर ५, काठमाडौं। ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ। २९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७७५ मत पाएकी छिन् ।
उर्जामन्त्री समेत रहेकी भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन भने खड्का र कार्की एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।