मंसिर ७, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी हुने निश्चित भएकी छन्। निर्वाचन आयोगको मत परिणाम अनुसार कार्कीले १८ हजार ४७७ मत ल्याएकी छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ९ हजार ४२२ मत पाएका छन्। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ४२५ मत ल्याएकी छन्।