Advertisement
Advertisement
Advertisement
Advertisement

रिंकु सदाय मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई लियो नियन्त्रणमा

  |      13:31:00   |  
रिंकु सदाय मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई लियो नियन्त्रणमा

फागुन ११, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे सोधपुछ गर्नका लागि शनिबार ८ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका प्रमुख एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

पञ्चायत बसेका लगायत केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,एसएसपी कोइरालाले भने,जाहेरी परेकाहरूलाई भने प्रहरीले खोजिरहेको छ।

रिंकुका परिवारले बिहीबार ९ फागुन ८०  इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणीसहित चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए। 

कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका हुन्। यसअघि  फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिइएको एसएसपी कोइरालाले जानकारी दिए। 

माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी  २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्।
त्यसपछि २९ र३० गते पञ्चायत बसेर यस घटनामा मेलमिलाप गराइएको थियो। यसबीच विवाद भइरहँदा रिंकु ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। 

यस घटनामा प्रहरीले सबै मुद्दाहरूमा अनुसन्धान गरिरहेको एसएसपी कोइरालाले जानकारी दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement