भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसदले सरकारले अघि सारेको करिब साढे ४ अर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन सम्बन्धी विषयमा प्रश्न उठाएकी छन्।
उनले प्रस्तावित कार्यक्रम तथा योजनाका लागि आवश्यक ठूलो रकम सरकारले कहाँबाट जुटाउने हो भन्नेबारे स्पष्ट पार्न सरकारसँग माग गरेकी छन्। स्रोत सुनिश्चितताबिना ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयले राज्यको वित्तीय व्यवस्थापनमा थप दबाब पर्न सक्ने उनको आशय छ।
सांसद रानाले सरकारले ल्याउने योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत, खर्चको प्राथमिकता र त्यसबाट पर्ने आर्थिक प्रभावबारे स्पष्ट जानकारी दिनुपर्ने बताएकी छन्।
उनले जनतामाथि थप आर्थिक भार नपर्ने गरी उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
Share this with your friends: