Advertisement
Advertisement
Advertisement
Advertisement

राससकर्मी सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित

  |      16:37:00   |  
राससकर्मी सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित

कात्तिक २७, बेझाड । राष्ट्रिय समाचार समिति (रासस) का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित हुनुभएको छ । पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार उहाँहरु सम्मानित हुनुभएको हो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले संयुक्त रुपमा उहाँहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको छ । 

यसैगरी कार्यक्रममा रेडियोका संस्थापक, पत्रकार, कर्मचारी, विज्ञापनदाता, कार्यक्रम प्रायोजकलगायत २७ जनालाई पनि सम्मान गरिएको छ । सो अवसरमा प्रदेशसभा सदस्य खनालले रेडियोले कालीगण्डकीबेँसी क्षेत्रका नागरिकलाई रेडियोको माध्यमबाट सही सूचनाको पहुँच पु¥याउन सफल भएको बताउनुभयो ।

गाउँघरका खबर रेडियोको माध्यमबाट जनतालाई सुसूचित बनाएको बताउँदै उहाँले यसले समुदायको विकासमा ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो । 


कालीगण्डकीबेँसीमा पहिलो सञ्चारमाध्यमका रुपमा विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको यो सामुदायिक रेडियोको नौ सयभन्दा बढी आजीवन सदस्य र विशिष्ट आजीवन सदस्य रहेका छन् । आफ्नै दुई तलाको पक्की भवनमा सञ्चालित यो रेडियोले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा सोमबार रामपुरको पर्यटकीयस्थल तालपोखरा परिसरमा सरसफाइ कार्यक्रम गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement