Advertisement
Advertisement
Advertisement
Advertisement

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने अभिनेत्री मनिषाको घोषणा

  |      12:59:00   |  
web image
web image

कात्तिक २५, कमठमाडौं। अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।

मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन गर्ने जानकारीमा उल्लेख छ ।

उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको जानकारी ट्वीटरमार्फत् दिएकी छिन् ।

उनले राजेन्द्र लिङ्देनलाई युवा र दूरदर्शी नेताको रुपमा वर्णनसमेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘ राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाईले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’

यसका साथै, उनले आफू बीपीबाट प्रेरित भएकोसमेत बताएकी छिन् ।  उनी लेख्छिन्, ‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई यसको संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक अन्तर्गत जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टी  चाहिन्छ ।’

उनले राप्रपालाई भोट किन दिने भनेर पनि आफ्नो ट्विटमा लेखेकी छिन् । उनी थप्छिन्, ‘प्रगतीशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत र राष्ट्रवादीहरुको बहिष्कारले देशको सामाजिक र राजनीतिक ढाँचालाई नराम्रोसँग धक्का पुगेको छ। हामीले यसलाई ठिक गर्न आवश्यक छ । ’

आफूले धेरै ठाउँमा यात्रा गर्न नसकेपनि राप्रपालाई नै भोट दिन समग्र नेपालीलाई अपिलसमेत गरेकी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement