भदौ ३१ काठमाडौं । भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो ।
विश्वकर्माले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज गरेकाले कारबाहीका लागि सिफारिस गरेको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए ।
आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले जनाइएको छ । विश्वकर्माले अन्यथा चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेको भदौ २९ गते जारी विज्ञप्तिमा उल्लेख छ ।