फागुन १८, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ। खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
हिजो बिहान ५ बजे ३० वर्षीया पोख्रेलको शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन्।
प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।