Advertisement
Advertisement
Advertisement
Advertisement

'राजनीतिमा केही गरेर देखाउने सोचमा छु'- सेलिब्रिटी एलिजा गौतम

  |      12:02:00   |  
web image
web image

माघ २६, काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने पात्रमा पर्छिन् एलिजा गौतम । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी उनी आफैंमा सेलिब्रिटी हुन् । अब त नेतासमेत भएकी छन् ।

 

केही दिनअघि एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिन् । मन्त्री बन्ने चर्चासमेत चल्यो । अनि त के थियो, ट्रोलरहरुलाई मसला मिलिहाल्यो ।

 

यद्यपि ट्रोलसँग डराउने व्यक्ति होइनन् एलिजा । उनी त ट्रोलसँग रमाउँछिन् । चर्चित व्यक्तिकै ट्रोल हुने उनको बुझाइ छ ।
एलिजाले फिल्मदेखि म्युजिक भिडियोसम्म र टेलिभिजनदेखि राजनीतिसम्म खुट्टा राखेकी छीन् । 

 

– तपाईं राजनीतिमा प्रवेश गर्नुको खास कारण के हो ?

म समाज सेवामा एकदमै रुचि भएको मान्छे हो । समाज सेवा सँगसँगै राजनीतिमा पनि प्रवेश गर्ने सोच बनाइरहेकी थिएँ । ढिलोचाँडो राजनीतिमा आउनु नै थियो । यही समय उचित लागेर प्रवेश गरेकी हुँ ।

 

पछिल्लो समय त कलाकारिताका धेरैजना राजनीतिमा प्रवेश गरिरहनुभएको छ । जनतामा पहिला जस्तो यो कलाकार, यो फलानो, यसले राजनीतिमा आएर के नै गर्छ र भन्ने सोच छैन । कुर्सीमा थपक्क बस्नेभन्दा काम गर्न हात बढाउने युवाहरुको खोजीमा छ देश । युवाहरुको प्रवेश भइरहेको पनि छ । युवाहरुको प्रवेशसँगै केही हदसम्म विकास भएको महसुस भइरहेको छ ।

 

यस्तो समयमा हामी जस्ता युवाहरु सक्रिय नभए को हुने त रु त्यही भएर पनि म राजनीतिमा लागेकी हुँ । त्यहीमाथि मेरी आमा पनि यसै क्षेत्रमा काम गरिरहनुभएको छ । गाउँको सभापति हुनुहुन्थ्यो । त्यही माहोल देख्दै, हेर्दै हुर्केको भएर पनि होला मलाई राजनीतिप्रति सानैदेखि चाह थियो ।

 

– किन ठूलो पार्टी नरोजेर नागरिक उन्मुक्ति नै रोज्नुभयो ?

सबैजनाले ठूलै पार्टी भनेर हिँड्ने कुरा हुँदैन । हामी जस्ता युवाहरुले सानो पार्टीलाई उठाउने काम गर्नुपर्छ । हामीले त हो गर्ने १ एक त पार्टी सानो र ठूलो भन्ने नै हुँदैन । कसको योजना कस्तो छ, कसले देशको भविष्य सोचेको छ, कसले जनताको हितको लागि काम गर्छ भन्ने हो । मलाई उहाँहरुको कुरा मन पर्‍यो, उहाँहरुको टार्गेट अनि विचार मनपर्‍यो । त्यसैले नागरिक उन्मुक्ति रोजें ।

 

– पार्टीमा ल्याउन तपाईंसँग कसले कुराकानी गर्नुभएको थियो ?

मलाई पार्टीमा ल्याउन कसैले जोड गर्नुभएको होइन । म आफैं इच्छुक भएकाले यो कदम चालेकी हुँ । उहाँहरुले कुरा राख्नुभयो, मलाई उहाँहरुको सोच मनपर्‍यो । अनि पार्टी प्रवेश गरें ।

 

मैले राम्रो काम गरें, जनताको मन जितें भने उहाँहरुले पछि यो हामीलाई काम लाग्ने मान्छे हो, यसलाई छान्दा हामी जनतालाई फाइदा हुन्छ भनेर सोच्ने हो । पदको ट्यागमात्र लिएर के नै हुने हो र रु त्यसैले अहिलेसम्म यो पद, त्यो पद भन्ने केही कुरा नै भएको छैन ।

 

– तपाईंलाई नागरिक उन्मुक्तिबाहेक अरु कुन-कुन पार्टीको अफर आयो ?

मलाई नागरिक उन्मुक्तिबाहेक अरु दुई-तीनवटा ठूला दलहरु, जस्तैः कम्युनिष्ट, कांग्रेस आदिबाट पनि अफर आएको थियो । तर, मलाई भने यता नै मनपर्‍यो ।

 

– ठूला अनि सरकारमा रहेका पार्टीबाट अफर आउँदा त्यतै प्रवेश गर्नु फाइदा जस्तो लागेन ?

फाइदा-बेफाइदाभन्दा पनि अहिलेको समय भनेको काम गरेर देखाउने हो । मैले यो त्यो भनेर डिमान्ड गर्ने, फाइदा-बेफाइदा सोच्ने समय होइन । मैले राम्रो काम गरें, जनताको मन जितें भने उहाँहरुले पछि यो हामीलाई काम लाग्ने मान्छे हो, यसलाई छान्दा हामी जनतालाई फाइदा हुन्छ भनेर सोच्ने हो । पदको ट्यागमात्र लिएर के नै हुने हो र रु त्यसैले अहिलेसम्म यो पद, त्यो पद भन्ने केही कुरा नै भएको छैन ।

 

– तपाईं मन्त्री बन्ने चर्चा छ नि ?

सबै हल्ला हुन् । पार्टी सरकारमा जाने नजाने भन्ने नै अहिलेसम्म फाइनल भएको छैन भने मन्त्री बन्ने कुरा त धेरै पर हो । सरकारमा जानैपर्छ अनि पद पाउनैपर्छ भन्ने लोभ पनि छैन मलाई । राम्रो विचारधारा बोकेका व्यक्तिहरुसँग मिलेर देशको लागि केही गरौं भन्ने हो । अहिले केन्द्रीय सदस्यको रुपमा छु । यसैमा रहेर पहिला आफ्ना जिम्मेवारीहरु निभाउँ । पछि के गर्ने, के हुने भन्ने कुरा विस्तारै आफैं थाहा हुँदै जान्छ ।

 

– तपाईं मन्त्री बन्ने कुरा आएपछि सामाजिक सञ्जालमा तपाईंलाई ट्रोल गरिरहेका छन् । कस्तो लाग्यो ?

म त एकदमै सामान्य हिसाबमा लिन्छु । पहिला पनि ट्रोल भएकै हो, आज पनि हुन्छ र भोलि पनि हुने नै छ । काम राम्रो गर्दै जाने हो । आफू सामाजिक सञ्जालमा सक्रिय भएपछि, दर्शकको चासोको विषय भएपछि, कहिलेकाहीं ट्रोल त भइन्छ नै । कसैलाई नराम्रो गरेकी छैन । चोट पुग्ने काम गरेकी छैन । केही नगर्दा पनि ट्रोल भइन्छ भने त्यसलाई ठूलो मुद्दा बनाएर पनि त काम छैन ।

 

– कलाकार पनि हुनुहुन्छ, टीभीको डाइरेक्टर पनि हुनुहुन्छ । फेरि राजनीतिमा आउनुभयो । सबैतिर छाउन खोज्नुभएको हो ?
मान्छे एकठाउँमा सीमित हुनुभन्दा सबै कार्यमा सक्रिय भएको नै राम्रो हो नि होइन र रु सकेसम्म गरेको राम्रो जस्तो लाग्छ मलाई ।

 

जनताको सेवा गर्ने हो । आफू कुर्सीमा बस्नेभन्दा पनि मैदानमा उत्रिने हो । जनताका गुनासाहरु सुन्नु छ । यस्तै यस्तै हुन् । भर्खर सिक्दैछु, बुझ्दैछु । भविष्यमा केही गरेर देखाउनेछु ।

 

– धेरै डुङ्गामा खुट्टा हाल्दा लडिन्छ नि ?

त्यस्तो हुँदैन । एक त म आमा पनि हो । घर छ । बच्चाबच्ची छन् । सबै हेरेर पनि यताको काममा समय दिइरहेको छु । राम्रो चलचित्रको अफर आयो भने चलचित्र पनि गर्छु । म्युजिक भिडियोहरु गरिरहेकी छु । एलिजा फाउन्डेसनबाट सके जति समाज सेवा पनि गरिरहेकी छु । अब राजनीतिमा लागें । योजनाहरु धेरै छन् । म सबै गर्छु ।

– कसरी समय मिलाउनुहुन्छ ?

मिलाउँछु । हिजोसम्म सबै मिलाइरहेको थिएँ भने आज केही जिम्मेवारीहरु त थपिएका हुन् । समय व्यवस्थापन भनेको आफ्नो हातको कुरा हो । मिलाएर गर्नुपर्छ ।

 

– राजनीतिमा तपाईंको महत्वाकांक्षा के छ ?

महत्वाकांक्षाभन्दा पनि काम गरेर देखाउने हो । जनताको सेवा गर्ने हो । आफू कुर्सीमा बस्नेभन्दा पनि मैदानमा उत्रिने हो । जनताका गुनासाहरु सुन्नु छ । यस्तै यस्तै हुन् । भर्खर सिक्दैछु, बुझ्दैछु । भविष्यमा केही गरेर देखाउनेछु ।

 

– कुन क्षेत्रमा बढी सक्रिय भएर काम गर्न मन छ ?

मुख्यतः महिला सशक्तीकरणमा । सम्रगमा जनता अनि देशको सेवा गर्नुछ । गरिबी निवारण गर्नतर्फ लम्कनुछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement