मंसिर ११, काठमाडौं। मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनले यो पटक देशमा नयाँ अनुहार भएका युवालाई जनताले आफ्नो मताधिकार दिएर संसदका लागि योग्य बनाए । यस्तै केहि नयाँ अनुहार र केहि पुराना महिला अनुहारले महिलाहरुले राजनीतिमा आफ्नो जीवनको उर्जावान समय बिताइसकेका र प्रखर भनेर चिनाइसकेका केहि राजनीतिक हस्तिहरुलाई पाँच महिलाहरुले सहजताका साथ फराकिलो मतान्तरले ढालेका छन् ।
देश विकासलाई आत्मासाथ गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा तय गरेकी २७ वर्षिया सोवीता गौतमले काठमाडौं क्षेत्र नम्वर २ मा पुर्वसभामुख वनसरी घर्तीलाई पराजित गरिन् । गौतमले २५ हजार २ सय २९ मत ल्याउँदा पुर्वसभामुखले ९ हजार ४४९ मत ल्याएर तेस्रो स्थानमा खुम्चिएकी छिन् ।
त्यस्तै, ललितपुर क्षेत्र न.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसीमा कार्कीले ३१ हजार १ सय ३६ मत ल्याएरे निकटतम् प्रतिस्पर्र्धी एमालेका उम्मेदवार अमृत खड्कालाई १८ हजारभन्दा बढी मतान्तरले हराएकी छन् । त्यस्तै कार्कीले उर्जामन्त्री पम्फा भुसाललाई समेत भारी मतान्तरले पराजित गरेकी छिन्।
त्यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत ल्याएर विजय भएकी छीन् भने २६ हजार ६ सय ८१ मत प्राप्त गरेका एमाले महासचिव शंकर पोखरेललाई उन्ले १ सय ९६ मतान्तरले पराजीत गरेकी छिन् । अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी शर्माले महासचीवलाई समेत हराएर राजनीतिक मोडलाईनै बदलेकी छिन्।
यस्तै, कास्की क्षेत्र नं.२ मा नेकपा एमालेकी विद्या भटृराई निर्वाचित भएकी छिन् । भटृराईले १६ हजार ९ सय ९८ मत ल्याएर विजय भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याएका छन्। यसरी भटृराईले निकटतम प्रतिद्धन्द्धी कँडेललाई ४ हजार ७०३ मतान्तरले पराजित गर्दे दोस्रो पटक संसदको यात्रा निश्चित गरेकी छिन् ।
त्यस्तै, कैलाली निर्वाचन क्षैत्र न. १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन्। कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउंदै श्रेष्ठ निर्वाचित भएकी हुन्। श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्दा चौधरीले १८ हजार ८ मत पाए। यसरी श्रेष्ठ र चौधरीबिचको मत हेर्दा भारी मतान्तरले पराजित भएको देखिन्छ।
यसरी विगतको राजनीतिलाई मध्यनजर गर्ने हो भने आम सर्वसाधरण जनताको विचार फेरिनु भनेको नेपाली राजनीतिमा नयाँपन र नयाँ अनुहारबाट सुशासनको आशा गरेको अनुमान लगाउन सकिने वातावरण यसपटकको निर्वाचनले दियो । नवनिर्वाचित महिलाहरुको आगमनले जनताको मुहारमा खुसी र देशमा नयाँ परिवर्तनको आशा जगाएको छ ।