Advertisement
Advertisement
Advertisement
Advertisement

रञ्जिता बनिन् सुदूरपश्चिममा प्रत्यक्ष चुनाव लडेर जित्ने एक्ली महिला

  |      18:51:00   |  
web image
web image

मंसिर ८, काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यतर्फ १६ र प्रदेश सभा सदस्यका लागि ३२ निर्वाचन क्षेत्र छन्। 

अहिलेसम्म यहाँ प्रतिनिधि र प्रदेश दुवैमा आधाभन्दा बढी मतपरिणाम सार्वजनिक भइसकेको छ। 

सार्वजनिक भएको मतपरिणाममा अहिलेसम्म यहाँ चुनाव जित्नेहरूमा पुरूषहरू मात्रै छन्।

यहाँ चुनावमा ठूला दलहरूका अधिकांश पुरूष उम्मेदवारहरू थिए। त्यही कारण पनि अहिलेसम्म महिला उम्मेदवारहरूले जितेको खबर यहाँ सुनिएको छैन। साना दलहरूले महिलालाई उम्मेदवार बनाए पनि पराजय भए।

तर कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन्।

श्रेष्ठ सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षमा चुना लडेर जित्ने अहिलेसम्मको नतिजाले उनी एकमात्र महिला बनेकी छन्।
श्रेष्ठले पूर्वमन्त्री कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३ सय ८६ मतले हराएर चुनाव जितेकी हुन्।

रञ्जिताले ३० हजार ४०४ मत ल्याइन् भने चौधरीले १८ हजार ८१ मात्रै मत ल्याए। यहाँ श्रेष्ठले निकै फराकिलो मतान्तरले जितिन्। 

मंसिर ४ गते भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलबाट चार जना महिला उम्मेदवार बनेका थिए। प्रदेशतर्फ भने ठूला दलबाट महिलालाई उम्मेदवार नै बनाइएन। 

संघका लागि नेकपा एमालेबाट डोटीमा गौरी ओली, कञ्चनपुर क्षेत्र नम्बर ३ मा पनि निरुदेवी पाल, कञ्चनपुरको क्षेत्र नम्बर १ माओवादीकी बिनामगर र कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता उम्मेदवार थिइन्।

उम्मेदवार बनेका चार महिलामध्ये दुई  गौरी र निरुदेवी पराजय भइसके। कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी बिना मगर एमालेका तारालामा तामाङ पाँच हजार मतले पछाडि छिन्। त्यहाँ मतगणना जारी छ। 

अहिलेसम्म हेर्दा प्रत्यक्षमा लडेर भारी मतान्तरले चुनाव जित्नेमा रञ्जिता पहिलो बनेकी छन्।

रञ्जिताको जितले सुदूरपश्चिमबाट संघीय संसदमा महिला प्रतिनिधित्व पनि गराउने भएको छ। श्रेष्ठ सञ्चारकर्मी थिइन्। २०७२ मा टीकापुर घटनापछि उनी निरन्तर श्रीमान रेशम चौधरीको न्यायका लागि संघर्ष गरिरहेकी छन्। उनकै नेतृत्वमा पुस १९ गते नागरिक उन्मुक्ति पार्टीको जन्म भयो। 

पार्टी दर्ता भएको छोटो समयमा गत वैशाखमा स्थानीय तहको चुनावमा सहभागी हुनुपरेको थियो। उनको नेतृत्वले छोटो समयमा पनि त्यो बेला स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीले चार पालिकाको नेतृत्व लिन सफल भयो। 

कैलाली क्षेत्र नम्बर ३ मा पनि उनकै पार्टीका गगांराम चौधरी विजयी भएका छन्।

सो क्षेत्रमा प्रदेशतर्फ दुवै सिट पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ।

यस्तै, क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीले जितेका छन्। उता बर्दिया- २ बाट श्रेष्ठका ससुरा लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीबाटै विजयी भएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement