Advertisement
Advertisement
Advertisement
Advertisement

यूकेमा नेपाली नर्स पठाउन "प्रोटोकल" कार्य अन्तिम चरणमा

  |      17:55:00   |  
web image
web image

कात्तिक ३, काठमाडौं। नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।

उक्त प्रोटोकलको मस्यौदामा स्वास्थ्यकर्मीको छनोट, उनीहरूको प्रस्थापन, उनीहरूले प्राप्त गर्ने सेवासुविधा र अधिकारसम्बन्धी व्यवस्थाहरू उल्लेख गरिएको बताइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार नेपालबाट पठाइने स्वास्थ्यकर्मीहरूलाई ब्रिटिश स्वास्थ्यकर्मीसरह सुविधा तथा अधिकार प्राप्त हुने गरी सम्झौता भएको छ।

त्यसलाई कार्यान्वयनमा ल्याउन तयार भइरहेको प्रोटोकलमा यूकेको सहमति भएसँगै मन्त्रिपरिषद्‌बाट पारित हुनेछ।

'समझदारीपत्रको आधारमा मापदण्ड बन्दै छ। अन्य देशहरूमा स्वदेशी र विदेशी कामदारहरूबीच विभेद हुने गुनासो सुनिन्छ। तर यहाँ समान सेवा र अधिकार दिइने भनिएको छ,' भुसालले बीबीसीसँग भने।

राहदानी विभाग, नर्सिङ काउन्सिललगायत सरोकारवाला निकायहरूसँगको आवश्यक छलफलपछि 'इम्प्लिमेन्टेसन प्रोटोकलु' तयार हुने उनले बताए।

कति जना नर्स जान पाउँछन्रु
मन्त्रालयले नेपालबाट यूकेमा १० हजार नर्सहरू पठाउने गरी पहल गरिरहेको छ।

मापदण्ड पुगेको खण्डमा महिला मात्र नभई जोकोहीले यस प्रक्रिया अन्तर्गत आवेदन दिन पाउँछन्।

'यस कार्यक्रम अन्तर्गत पाँच वर्षका लागि पठाउने हो। उनीहरूलाई दुई वर्षको श्रम स्वीकृति दिइएको हुन्छ। त्यसको म्याद सकिएपछि पुनः स्वीकृति लिनु पर्छ,' भुसालले भने।

आवेदन दिने स्वास्थ्यकर्मी ४५ वर्षभन्दा कम उमेर समूहको हुनुपर्ने प्रावधान छ।

अङ्ग्रेजी भाषाको परीक्षा आवश्यक
आवेदन दिन चाहने स्वास्थ्यकर्मीले अङ्ग्रेजी भाषामा निश्चित अङ्क ल्याउनु पर्नेछ।

उनीहरूले आईईएलटीएसमा समग्रमा कम्तीमा ७ अङ्क ल्याउनुपर्ने बताइएको छ।

'भाषाको परीक्षामा आवश्यक अङ्क नल्याए यूकेमा नर्सिङ काउन्सिलको परीक्षा दिनै पाइँदैन। त्यसैले यहाँबाटै तोकिएको अङ्क ल्याउनु पर्ने बनाइएको हो,' भुसालले भने।

'सरकारले अङ्कको मापदण्ड कम गर्छ कि भन्ने आशा नगर्नु ठिक हुन्छ।'

'सुरुमा सीमित नर्स पठाइनेु'
प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागमा उपसचिवको नेतृत्वमा ब्रिटेन शाखा स्थापना गरिएको छ।

शाखाले आन्तरिक कार्यविधि बनाउने, वेबसाइट बनाउने, राहदानी तथा भाषा परीक्षासम्बन्धी निकायहरूसँगको प्राविधिक समन्वयन लगायत काम गर्न बाँकी छ।

आवेदन धेरै सङ्ख्यामा आएको खण्डमा कसरी छान्ने भन्ने समेत तय हुन बाँकी छ।

'शाखामा भएका कर्मचारीको सक्रियता, जनशक्ति र स्रोतले पनि प्रक्रिया कति छिटो अघि बढ्छ भन्ने कुरामा असर गर्छ,' भुसालले भने।

सबै तयारी भएपछि केही महिनामै आवेदन लिने प्रक्रिया सुरु हुने अधिकारीहरूले बताएका छन्।

यद्यपि सुरुवाती चरणमा सीमित सङ्ख्यामा मात्र नर्सहरू पठाउने मन्त्रालयले जनाएको छ।

'त्यसो गर्दा जनशक्तिलाई कति सहज हुन्छ वा हुँदैन, कार्यक्रम कति प्रभावकारी हुन्छ भन्ने पनि थाहा हुन्छ र सरकारको व्यवस्थापकीय पाटोबारे पनि समीक्षा गर्न सकिन्छ,' भुसालले भने।

नर्सिङ सङ्घहरूको असन्तुष्टि
यूकेमा नर्स पठाउने कार्यक्रमबारे उत्साहजनक प्रतिक्रियाहरू सुनिए पनि नेपाल नर्सिङ सङ्घ र नर्सिङ परिषद्ले भने सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।

आफूहरू सरोकार राख्ने निकाय भए पनि नर्सहरू पठाउनेबारे छलफलमा आफूहरूलाई समावेश नगरिएको उनीहरूको भनाइ छ।

'हामीले सरोकारवालासँग किन छलफल नगरेको भन्ने प्रश्न राख्दा कुनै जवाफ आएन। प्रक्रिया अघि बढ्दा समेत औपचारिक कुरा हुन पाएको छैन,'नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले बीबीसीसँग भनिन्।

'हाम्रो आकलन अनुसार देशमा पन्ध्रदेखि बीस हजार नर्स बेरोजगार छन्। उनीहरूलाई विदेश पठाउनु अवसर त हो तर नेपालमै बिरामी र नर्स वा नर्सिङ अध्यापक र विद्यार्थीको अनुपात मिलेको छ वा छैन हेरिनु पर्छ,' राईले भनिन्।

अध्ययन नगरी नर्सहरूलाई पढाउनुले देशमा दक्ष जनशक्तिको अभाव सिर्जना गर्ने उनको भनाइ छ।

त्यस्तै नर्सिङ परिषद्की सदस्य शकुन्तला प्रजापतिका अनुसार यस प्रक्रियाबारे श्रम मन्त्रालयले आफूहरूलाई 'जानकारी दिए पनि कुनै पनि निर्णयअघि छलफल गरेको छैन।'


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement