Advertisement
Advertisement
Advertisement
Advertisement

युवतीलाई भारत पुर्‍याइ बेचेको आरोपमा दुई जना पक्राउ

  |      10:15:00   |  
युवतीलाई भारत पुर्‍याइ बेचेको आरोपमा दुई जना पक्राउ

फागुन २६, काठमाडौं । दुई जना युवतीलाई भारतको पुनेमा बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भइ हाल काठमाडौं तार्केश्वर नरपालिका बस्ने ३२ वर्षीय मानबहादुर तामाङ र दुप्तेश्वर गाउँपालिका-६ घर भई तार्केश्वर बस्ने सोमबहादुर तामाङ पक्राउ परेका हुन्। 

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले शुक्रबार तार्केश्वरबाट पक्राउ गरेको हो।

उनीहरूविरूद्ध दुई जनाले किटानी जाहेरी दिएको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए। 

२०८१ मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाँउ ठेचोबाट कोटेश्वर ल्याई झापा, काकडभिट्टा, भारतको दार्जलिङ, कोलकत्ता, दिल्ली हुँदै महाराष्ट्रको पुना  पुर्‍याइएको भन्ने जाहेरीमा उल्लेख रहेको उनले बताए।
उनीहरूलाई माघ १५ गते उद्धार गरिएको हो,ु एसपी कुँवरले भने, नक्कली नागरिकता र परिचयपत्र बनाइ नेपाल भारत बोर्डर पार गराएको भनेका छन्।

मानवबहादुरले कोठीमा पुर्‍याइ भारतीय एक लाख ५० हजार रूपैयाँमा बिक्री गरेको भनेर पीडितहरूले बताएका थिए। अनुसन्धानबाट पनि त्यही खुल्न आएको कुँवरले बताए।
मानबहादुरले यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भुक्तान गरिसकेको एसपी कुँवरको भनाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement