Advertisement
Advertisement
Advertisement
Advertisement

यशोदा न्यौपाने बनिन् कर्णाली उपसभामुख

  |      16:56:00   |  
web image
web image

माघ ४, सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मत ल्याएर न्यौपाने उपसभामुखमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र राप्रपा तथा एकीकृत समाजवादीको एक(एक मत पाएकी हुन् ।

को हुन् उपसभामुख न्यौपाने ?
न्यौपाने २०४० साल असोज ३ गते जुम्ला तातापानी गाउँपालिका- ४ हाँकुमा जन्मेकी हुन् । उनका बुवा धनञ्जय र आमा धनरुपमा न्यौपानेहुन् । दुई दाजुपछि जन्मेकी न्यौपानेका एक भाइ छन् ।

उनले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०५३ देखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित न्यौपाने २०५७ साल बैशाख ३ गतेदेखि नेकपा माओवादीमा आवद्ध भएकी थिइन् । उनी सुरुमा माओवादी समर्थित अखिल क्रान्तिकारीमा आवद्ध भएकी थिइन् ।

माओवादी विद्यार्थी संगठनमै लाग्दा २०५७ साल असोजमा उनको विवाह भयो । कालिकोटको खाडाचक्र नगरपालिका-८ का लक्ष्मीप्रसाद चौलागाईंसँग उनको विवाह भएको थियो । चौलागाईं नेकपा माओवादी कालिकोटका जिल्ला संयोजक हुन् । उनकी एउटी छोरी छन् ।

२०५८ सालमा उनी माओवादी समर्थित महिला संघकी जिल्ला सचिव र पार्टीको एरिया सेक्रेटरी थिइन् । त्यस्तै किसान संगठनको व्युरो सदस्य रहेको न्यौपानेले बताइन् । २०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहुँ र गोर्खामा रहँदा जनमुक्ति सेनाको कमाण्डरको भूमिका निभाएको उनी बताउँछिन् ।

एमालेमा छँदा कलाकारको भूमिका निभाएको बताउने उनी मरे मृत्यु, बाँचे मुक्ति भनेर माओवादीको राजनीतिमा लागेको बताउँछिन् । महिलाहरुमाथि हुने हिंसाको विरोध, राम्रो महिला शिक्षा र स्वास्थ्यको लागि आफू राजनीतिमा सक्रिय बनेको न्यौपाने बताउँछिन् ।
आफू सानोमा सबैसँग मिलनसार व्यवहार गर्ने, समाज सेवा गर्नुपर्छ भन्ने भावना रहेको र महिलाले केही गरेर देखाउनुपर्छ भन्ने सोच रहेको उनको भनाइ छ ।

एमालेभन्दा माओवादी क्रान्तिकारी स्पष्ट विचारधारा र सिद्धान्त भएको पार्टी भएको जिकिर गर्दै उनले माओवादी आन्दोलनमा लागेपछि आफूसँगै जनताका इच्छा-आंकाक्षा पूरा गर्न सकिन्छ भनेर अठोट लिएको बताइन् ।

माओवादी जनयुद्धमा लाग्दा धेरै सशस्त्र लडाइँमा सहभागी भएको उनले सुनाइन् । जसमध्ये अछाम सदरमुकाम मंगलसेन आक्रमणमा आफूलाई नेपाली सेनाले मर्‍यो भनी छाडेर गएको स्मरण गरिन् । त्यसवेला नेपाली सेनाले छाडेर नगएको भए आज यो अवस्थासम्म आइनपुग्ने न्यौपानेको भनाइ छ ।

‘मंगलसेन हानिसकेपछि २०५८ सालमा नेपाल आर्मीले २५ राउण्ड गोली हानेपछि मर्‍यो भनेर छोडेको थियो’, न्यौपानेले थपे, ‘तर, म भाग्यबस बाँचेको थिएँ । यस्ता घटना त कति छन् कति । तर, सबैभन्दा भुल्न नसक्ने क्षण यसैलाई लिन्छु । त्यसवेला मैले पुनर्जन्म पाएको थिएँ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement