असोज २६, काठमाडौं । राप्रपाकी नेता रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन्।
आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
उनले आफ्नो राजनीतिक यात्रा समयको माग भएको र जनताको सेवाका लागि भएको बताइन्।
साथै आफ्नो उम्मेदवारीलाई उनले युवाले गरेको विद्रोह भनेकी छन्। चुनावी माहौलमा देखिएको दृश्यका कारण राप्रपाका नेताहरु मोरङ–३ लाई जित्ने सम्भावना भएको क्षेत्र भन्न थालेका छन् ।
मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि रेखालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने एमालेका एक नेताले बताए ।