Advertisement
Advertisement
Advertisement
Advertisement

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा मेयर बालेन शाह विरूद्धको रिटमाथि सुनुवाइ हुँदै

  |      12:21:00   |  
web image
web image

बैशाख ६,काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)विरुद्ध परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।  सिंहदरबार,बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै सोमबार मेयर बालेनविरूद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

अभिवक्ता पदम श्रेष्ठले महानगरपालिकाले कानुन संवत् फोहोर व्यवस्थापन गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा रिट तोकिएपनि पछि हेर्न नभ्याइनेमा राखेको थियो।  निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकोले कानून विपरित आजसम्म फोहोर संकलन नगरेकोले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहर संकलन र विसर्जन गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ,‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगवाट बन्चित हुने भएकोले उक्त विषय सार्वजनिक सरोकारको विषय समेत भएको हुँदा नेपालको संविधानको धारा ३०,४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४,वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु ।’

काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकोले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न निवेदनमा माग गरिएको छ ।

केन्द्र सरकारको सहयोगबिना काठमाडौंको सिंहदरबार क्षेत्र,राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै शाहले अभिव्यक्ति दिएका थिए ।

सो क्षेत्र सार्वजनिक स्थल र विभिन्न महत्वपुर्ण कार्यालयहरू भएकोले देशभरिको सामान्य जनताहरू दिनहुँ हजारौको संख्यामा आवत जावत गर्नुको साथै उक्त स्थानमा कार्यरत कर्मचारी समेत करिब २००० हजार जनाको संख्यामा रहेको र सो क्षेत्रभित्र होटल समेत रहेकोले कुहिने र नकुहिने फोहोर नियमित संकलन गर्नुपर्ने निवेदनमा उल्लेख छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement