Advertisement
Advertisement
Advertisement
Advertisement

'मेड इन नेपाल' ले विश्वमा नेपाली सामग्रीको उपस्थिति बढाएको छ : प्रबन्ध निर्देशक गोल्यान

  |      15:28:00   |  
web image
web image

बैशाख १३, काठमाडौं ।मेड इन नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक लतिका गोल्यानले नेपाललाई विश्वमा चिनाउन 'मेड इन नेपाल' ले नेपाली सामग्रीहरुको विश्वमा निर्यात सुरु गरेको बताएकी छन् ।

काठमाडौंमा बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो 'कान्तिपुर इकोनमिक समिट(२०२३) को पहिलो सत्र 'आर्थिक मेरुदण्डको पहिचान र प्राथामिकता' मा बोल्दै आफूले नेपालको कृषि क्षेत्र, उत्पादनलगायत क्षेत्रले विश्वमा आफूलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनले विश्वमा थोरैमात्रै नेपाली ब्रान्ड पुगेको बताउँदै नेपाललाई चिनाउन आफूहरूले मेड इन नेपाल सुरु गरेको बताइन् । यसले नेपाली किसान र नव उद्यमीहरूलाई बजार पहिचानका लागि समेत सहयोग गर्ने उनले बताइन् ।

जसरी चीनका अलिबाबाले विश्वको विश्वास जित्न सफल भएका छन् त्यसैगरी नेपाली ब्रान्डलाई विश्वसामू चिनाउन मेड इन नेपालले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन् ।

आफूहरूले नेपाली छुर्पी विश्वमा कुकुरका लागि निकै माग रहेको हुँदा यसको निर्यातमा समेत आफूहरू लागेको बताइन् । नेपाली कला चिनाउने कलात्मक सामग्रीहरुका लागि पनि छुट्टै पोर्टल निर्माण गरेको उनले बताइन् ।

कुनै पनि देशको अर्थतन्त्रमा सेवा, उत्पादन र कृषि गरेर ३ क्षेत्र हुने गरेको र तीनै क्षेत्रलाई सन्तुलन गरेर विकासमा लैजानुपर्ने उनको भनाइ थियो ।नेपालमा रेमिट्यान्स, पर्यटन र जलविद्युत्‌लाई सन्तुलित तरिकाले लैजानुपर्ने गोल्यानले बताइन् ।

'नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । यसमा पनि अधिकांश मानिसहरू परम्परागत रुपमा कृषि कार्य गर्दै आएका छन् । उनीहरूलाई आधुनिक तरिकाले कृषि क्षेत्रमा आबद्ध गराउने वातावरण बनाउनुपर्छ,' उनले भनिन् । किसानहरूलाई नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो सामग्री बजारमा बेच्ने वातावरण सिर्जना गर्नुपर्ने गोल्यानले बताइन् ।

'कृषिमा प्रविधिको प्रयोग नेपालमा लागि निकै महत्त्वपूर्ण रहेको छ । यहाँ अन्य धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ । तर, नेपाली कृषिको क्षेत्रमा प्रविधिको प्रयोग निकै कम भएको पाइन्छ । विकसित देशहरूमा मल, बिउ छर्नेलगायतका काम ड्रोनजस्ता प्रविधिको प्रयोगबाट गर्ने गरेका छन् । त्यसका नेपाली कृषि क्षेत्रमा पनि हामीले यस्तै वातावरण तयार गर्नुपर्छ ।'

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement