Advertisement
Advertisement
Advertisement
Advertisement

मानव कङ्‍काल ओसारपसार प्रकरण : ३ वर्षअघि पनि पक्राउ परेका थिए विनोद

  |      15:57:00   |  
मानव कङ्‍काल ओसारपसार प्रकरण : ३ वर्षअघि पनि पक्राउ परेका थिए विनोद

माघ २१ काठमाडौं । आइतबार सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लियो । उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद भएको थियो । पक्राउ पर्ने व्यक्ति थिए, विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय ।

विनोद यसअघि २० असोज २०७८ मा पनि २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डीसहित पक्राउ परेका थिए । त्यसबेला उनी १७ दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए । प्रहरीले त्यसबेला उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । ५ हजार धरौटी बुझाएर छुटेका उनी फेरि तीन वर्षपछि आइतबार मानव कङ्‍कालसहित पक्राउ परेका हुन् ।
आइतबार भारतबाट रिक्सामा आउँदै गर्दा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा चेक गर्दा उनको साथमा रहेको झोलामा मानव कङ्‍काल फेला परेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका रायलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी स्वयम् अन्योलमा छ । किनकि मानव कङ्‍काल ओसारपसारमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुने भन्ने विषयमा कानुनले केही नबोलेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले बरामद गरिएका मानव कङ्‍कालहरू तान्त्रिक विधिमा प्रयोग हुने बयान दिएका छन् ।

धामीझाँक्रीलाई बिक्री गर्ने उद्देश्यले उक्त मानव कङ्‍काल बोकेको बयान विनोदले प्रहरी समक्ष दिएका छन् । ‘मानव कङ्‍काल धामीझाँक्री र लामाहरूलाई बिक्री गर्न ल्याएको देखिन्छ,’  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ ।’
रायलाई कुन मुद्दा चलाउने भन्ने अन्योल रहेको उनी स्वयम् स्वीकार गर्छन् । ‘ मानव कङ्‍कालको विषयमा कानुनले केही बोलेको छैन,  कुन मुद्दा चलाउने भन्ने परामर्शमा छौं,’ उनले भने, ‘ पहिले उनीमाथि अभद्र व्यवहारमा मुद्दा चलाइको रहेछ ।’

प्रहरी स्रोतका अनुसार यस्ता मानव कङ्‍काल चीनतर्फ पनि निकासी हुने अनुमान छ । तर, ठोस आधार भेटिएको छैन । पक्राउ परेका रायले आफूलाई भारतको जोगबनीबाट विराटनगर बजारसम्म पुर्‍याउने जिम्मेवारी रहेको प्रारम्भिक बयान दिएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement