Advertisement
Advertisement
Advertisement
Advertisement

माघ १६ गतेदेखि भृकुटीमण्डपमा फेमिली एन्ड बेबी एक्स्पो हुँदै

  |      14:10:00   |  
माघ १६ गतेदेखि भृकुटीमण्डपमा फेमिली एन्ड बेबी एक्स्पो हुँदै

माघ १४, काठमाडौं ।बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ । माघ १६ गतेदेखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको हो ।
माघ १९ गतेसम्म ४ दिन आयोजना हुने एक्स्पोको अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले उद्घाटन गर्ने कायक्रम तय भएको इभेण्ट सोलुसनले जनाएको छ । ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथमा आयोजना हुने एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध हुनेछ ।  

निःशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागि हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।  
इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार घर भित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस हुनका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ । अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वाताबरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाई छ । प्रधानका अनुसार बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन् । यस्ता क्रियाकलापमा सहभागि हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिनेछ ।

बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धि जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।
क्उयलकयचभम
एक्स्पोमा जादु तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ ।

बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कूल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशन ले सहयोग गरेका छन् । त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाण्डौ युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टूडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेशन रहेका छन् ।  

एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरन्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement