पुस २२, काठमाडौं।पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् ।
पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राखिन् ।
‘अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’
विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गरिन् । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गरिन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उनले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
वैशाख ३० काठमाडौं । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...
वैशाख ३० काठमाडौं । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ...
वैशाख ३० काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी...
वैशाख ३० काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना युवतीको...
वैशाख ३० काठमाडौं । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ...
वैशाख ३० काठमाडौं । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको...
वैशाख ३० काठमाडौं । दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही...
वैशाख ३० काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै...
वैशाख २९ काठमाडौं । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् ।...