Advertisement
Advertisement
Advertisement
Advertisement

माओवादीका ६ महिला प्रत्यक्षमा चुनाव लड्ने तयारी

  |      18:37:00   |  
माओवादीका ६ महिला प्रत्यक्षमा चुनाव लड्ने तयारी

असोज ४, काठमाडौं । माओवादी केन्द्रका पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।

पार्टी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसाल पहिलो संविधान सभा २०६४ सालमा ललितपुरबाटै प्रत्यक्ष चुनाव जितेकी थिइन् । दोस्रो संविधान सभा २०७० सालको चुनाव बहिस्कार गरेकाले निर्वाचन लडिनन् । २०७४ सालको चुनावमा क्षेत्र नम्बर तीनबाटै निर्वाचित भएकी थिइन् । आगामी चुनावमा भुसाल ललितपुरकै सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी छिन् ।

यस्तै अर्की स्थायी समिति सदस्य ओन्सरी घर्ती काठमाडौँ क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । २०७४ सालको चुनावमा सोही क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका थिए । नेपाल रौतहटबाट चुनाव लड्ने तयारी गरेकाले घर्तीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी हुन् । रोल्पा गृह जिल्ला भएकी घर्तीलाई चुनाव लड्ने क्षेत्र नभएपछि काठमाडौँ–२ रोजेकी हुन् । ओन्सरी पहिलो संविधान सभा चुनावमा समानुपातिक थिइन् भने दोस्रो संविधान सभा चुनावमा रोल्पाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन् । ओन्सरी सभामुख भई २०७४ सालको चुनावमा समानुपातिक सांसदमा परिन् । ओन्सरी छोटो अवधिका लागि खेलकुद मन्त्रीसमेत भएकी थिइन् ।

त्यस्तै स्थायी समिति सदस्य रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएपछि शर्माले चुनाव लड्ने तयारी गरेकी हुन् । महरा चुनाव नलड्ने भएपछि पोलिटब्यूरो सदस्य निर्मल आचार्य र शर्मा मुख्य दाबेदार हुन् । शर्मा दोस्रो संविधान सभा २०७० साल र २०७४ सालको चुनावमा समानुपातिक सूचीमा समेटिएकी थिइन् । उनी एक पटक सामान्य प्रशासन मन्त्री हुने अवसर पाएकी थिइन् । अब शर्मा पहिलो पटक दाङ क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने तयारी गरेकी हुन् ।

यस्तै स्थायी समिति सदस्य जयपुरी घर्तीले रोल्पाबाटै प्रतिनिधि सभामा चुनाव लड्ने तयारी गरेकी छिन् । प्रतिनिधि सभा चुनावमा लड्न घर्तीको समेतको नाम जिल्लाबाट सिफारिस भइसकेको छ । उनको क्षेत्र उपमहासचिव वर्षमान पुनको क्षेत्र समेत भएकाले उनले टिकट पाउने सम्भावना कम देखिएको छ । यद्यपि घर्तीले प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्न आफ्नो तर्फबाट गृहकार्य जारी राखेकी छिन् ।

अर्की स्थायी समिति सदस्य कमला रोकाले रुकुम पूर्वबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरेकी छिन् । उनको जिल्लाबाट समेत प्रतिनिधि सभा चुनाव लड्न सिफारिस समेत भई सकेको छ । आफू प्रतिनिधि सभा चुनाव लड्न जिल्लाबाट सिफारिस भए पनि पार्टीले कस्तो निर्णय गर्छ भनेर पर्खेर बसेको बताइन् ।

यस्तै स्थायी समिति सदस्य धर्मशीला चापागाई झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेकी छिन् । ‘मैले झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छु । चुनाव निक्कै खर्चिलो भएकाले गाडी प्रयोग नगरेर अटोमा तीन,चार जना राखेर गठबन्धनको झण्डा राखेर प्रचार गर्ने चागापाईले बताइन् । उनले चुनाव खर्च महँगो भएको जिकिर गर्दै प्रत्येक मतदाताबाट १० रुपैयाँ संकलन गर्ने पनि बताइन् । ुमसँग चुनाव लड्न पैसा छैन । सहयोग मागेरै चुनाव लड्ने सोचेकी छु,’ उनले भनिन् ।

यी नेतृ चुनाव नलड्ने

स्थायी समिति सदस्य एवम् भूमि सुधार मन्त्री शशी श्रेष्ठ चुनाव लड्ने तयारी गरेकी छैनन् । श्रेष्ठ यो पटकको चुनाव लड्ने तयारी नगरेको उनको सचिवालयले जनाएको छ । उनी २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् । यसअघि स्वास्थ्य राज्य मन्त्री मात्रै भएकी थिइन् । 

अर्की स्थायी समिति सत्या पहाडी यो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छैनन् । पेट सम्बन्धी बिरामी भई दिल्लीमा उपचाररत छिन् । पुरानै रोग बल्झिएकाले पहाडी चुनाव लड्ने योजनामा नभएको उनी निकट नेताहरूले बताएका छन् । पहाडी पहिलो संविधान सभा २०६४ सालको चुनावमा डोल्पाबाट प्रत्यक्ष चुनाव जितिन् । लगतै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् । दोस्रो संविधान सभा २०७० सालको चुनावमा डोल्पाबाट पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद भइन् ।

यस्तै स्थायी समिति सदस्य यशोदा सुवेदी समेत प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छैनन् । पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद थिइन् । अब हुने चुनावमा भने सुवेदी चुनाव लड्ने तयारी नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

यस्तै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले चुनाव लड्ने तयारी नभएको बताइन् । ‘मैले प्रदेश र प्रतिनिधि सभा कतै चुनाव लड्ने तयारी गरेको छैन,’ रातोपाटीसँग कुरा गर्दै सुवेदीले भनिन्,‘पार्टीले चुनाव लड्न आग्रह गरेर लड्न पनि सक्छ । नभए तत्काल चुनाव लड्ने कुनै योजना छैन ।’

सुवेदी पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन । दोस्रो संविधान सभा चुनावमा पराजित भएकी थिइन् भने २०७४ सालको चुनावमा समानुपातिक सूचिमा परेर सांसद भएकी थिइन् ।

यस्तै स्थायी समिति सदस्य अमृता थापा मगरले चुनाव लड्ने तयारी नगरेको बताएको छ । थापा मगरले चुनाव लड्न चर्चा समेत गरेकी छैनन् । उनी पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद भएकी थिइन् ।

रातोपाटी ःसंवाददाता


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement