Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

  |      15:20:00   |  
महिलालाई रोजगारी दिँदै भूमिकास्थान

फागुन २६, काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ ।

 

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी  भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रुपमै अगाडि बढाएको छ ।

हाइब्रिड जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण नहुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसाललले बताए। मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोला बिक्री गर्न कुनै समस्या नभएको नगरउपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए। ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौँले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामग्री  निर्माण गर्ने भूमिकास्थान–३ कि लीला विकलाई रु ३० हजारसहित सम्मान गरेको छ ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला र टोपी  गाउँमा उत्पादन गरेर विदेश निर्यात गर्न थालेका छन् । भूमिकास्थानका १० वटै वडामा तालिम दिएर स्वरोजगार बनाएको  नगरपालिकाले अहिले महिलालाई व्यवसायिकतामा जोडेको हो।

कम्पनीले प्रति क्वीन्टल रु १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिला आम्दानी गर्न थालेका छन् । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजना अन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै  सुरु गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement