Advertisement
Advertisement
Advertisement
Advertisement

मन्त्रीका लागि लाखौँ खर्च, जनताका लागि सिटामोलसमेत छैन: कांग्रेस

  |      12:18:00   |  
web image
web image
भदौ २, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधि र राहतसमेत नपाइरहेको अवस्थामा सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा केन्द्रित भएको आरोप लगाएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै दुर्गमका नागरिकले आधारभूत स्वास्थ्य सेवा र राहत नपाउने तर मन्त्री बिरामी पर्दा राज्यको ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने प्रवृत्ति देखिएको बताइन्।
थापाले कर्णालीमा नागरिकले सिटामोलसमेत नपाउने र सुत्केरी महिलाले समयमै अस्पताल पुग्न नसक्ने अवस्था रहेको उल्लेख गरिन्। तर, मन्त्रीहरू कर्णाली पुग्दा बिरामी भए राज्यले लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याउने गरेको उनको भनाइ थियो।
उनले मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सरकारले आर्थिक समस्यामा रहेका नागरिकलाई राहतका लागि तीन लाख रुपैयाँसमेत उपलब्ध गराउन नसकेको भन्दै आलोचना गरिन्। सामान्य नागरिकलाई खाना पकाउन आवश्यक ग्यासको सिलिन्डरसमेत उपलब्ध गराउन नसक्ने सरकारले सुशासनको दाबी गर्नु अर्थहीन हुने उनको तर्क थियो।
मन्त्री र सर्वसाधारण नागरिकको जीवनको मूल्य राज्यका लागि समान हुनुपर्नेमा जोड दिँदै थापाले कर्णालीका बिरामी नागरिकका लागि समयमै अस्पताल र स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने सरकारले मन्त्रीका लागि भने तत्काल हेलिकप्टर पठाउने गरेको विषयमा प्रश्न उठाइन्।
सरकारले एकातिर ठूला द्रुतमार्ग र विकास परियोजनाको कुरा गर्ने तर अर्कोतिर कर्णालीजस्ता दुर्गम क्षेत्रमा आधारभूत औषधि र राहतसमेत पुर्‍याउन नसक्नु विरोधाभासपूर्ण रहेको थापाले बताइन्।
यस्तो कार्यशैलीका कारण कर्णालीवासीले सरकारको सुशासनको अनुभूति गर्न नसकेको उनको दाबी थियो। उनले विकास र सुशासनको वास्तविक अर्थ जनतालाई आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउनु भएको बताइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement