Advertisement
Advertisement
Advertisement
Advertisement

मनहरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

  |      16:27:00   |  
मनहरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पुस १५, काठमाडौं।  मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका–५ मा बाघले आतङ्क मच्चाएको छ । आइतबार साँझ वसन्तपुर क्षेत्रमा देखिएको बाघले एक जनाका वृद्धा र आधा दर्जनभन्दा बढी बाख्रा मारिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणमा परेकी थिइन् । घाँस काट्न गएकी रुम्बा लामो समयसम्म पनि घर नफर्केपछि खोज्दा शव भेटिएको थियो । ‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ,' मनहरी-५ नम्बर वडाका अध्यक्ष दीपेन्द्र अधिकारीले भने । भीड भाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ । टाउको तथा तिघ्राको भागको मासु बाघले लुछेको अवस्थामा रुम्बाको शव भेटिएको थियो । घटनास्थल मनहरी गाउँपालिका–५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ ।

सोही बाघले सोमबार बिहान करिब ५:३० बजे वसन्तपुरमै ७ वटा बाख्रा मारेको छ । स्थानीय सूर्यबहादुर मोक्तानको घर छेउको खोरमा राखिएको बाख्रा बाघले मारेको हो । ‘अचानक बाख्रा छुट्टै तरिकाले करायो । कतै खुट्टा अड्केर पो करायो कि भन्दै हेर्न जाँदा बाघले खोर भित्रै बाख्रा मारिरहेको देखियो,' उनले भने ।

मनहरी पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रूपमा रहेको । वन्यजन्तुको आक्रमणका लागि उच्च मानव बस्ती जोखिममा रहेको छ । अहिले बाघलाई नियन्त्रणमा लिन स्थानीय, प्रहरी, पर्सा र चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीसहित घटनास्थलमा पुगेको छ ।

केही समयअघि रोगी बाघलाई भैँसीले आक्रमण गरेर मारेको घटनाले समेत मनहरी चर्चामा रहेको थियो । हरेक वर्ष बढ्दो वन्यजन्तुको आक्रमणबाट स्थानीय त्रसित हुने गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement