साउन ३१, काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे महिला नेतृहरुले ध्यानाकर्षण गराएका छन् ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि महिला नेतृहरु दबाबसहित लबिङमा छन् । उनीहरूले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे ध्यानाकर्षण गराएका छन् ।
पहिलो चरणमा नेपाली काँग्रेसबाट १४५ क्षेत्रमा पुरुषले टिकट पाउँदा प्रत्यक्षतर्फ महिला ९ सिटमा सीमित भएका थिए । पहिलो चरणमा नेपाली काँग्रेसबाट खोटाङकी सरस्वती बजिमय र बागलुङ क्षेत्र नम्बर १ बाट चम्पा खड्काले मात्र प्रत्यक्षतर्फ टिकट पाएका थिए।
दोस्रो चरणमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी डीना उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणालाई काँग्रेसले प्रत्यक्षतर्फ मैदानमा उतारेको थियो । यद्यपि उनीहरु सबै पराजित भएका थिए।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा काँग्रेसबाट दुई दर्जन नेतृ प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । ०७४ मा उम्मेदवार बनेका ९ जना स्वाभाविक रुपमा यसपटक पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दौडमा छन् ।
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय...