Advertisement
Advertisement
Advertisement
Advertisement

भुईँमै बसेर पढ्दा चिसोले बिरामी पर्छन् विद्यार्थी

  |      16:39:00   |  
भुईँमै बसेर पढ्दा चिसोले बिरामी पर्छन् विद्यार्थी

फागुन ७, काठमाडौं । दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटस्थित नैनेल आधारभूत विद्यालयका विद्यार्थी वर्षौंदेखि भुईँमै बसेर अध्ययन गर्न बाध्य छन्। विद्यालयमा आवश्यक बेन्च तथा टेबुलको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा कठिनाइ भएको छ।

स्थानीय नगर सरकार र अन्य सरोकारवाला निकायबाट आवश्यक बजेट उपलब्ध नहुँदा विद्यालय स्थापनादेखि नै विद्यार्थीहरू भुईँमै बसेर पढ्न बाध्य भएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश विकका अनुसार पटक–पटक अनुरोध गर्दा पनि स्थानीय सरकार तथा सम्बन्धित निकायले बेन्च व्यवस्थापनमा चासो देखाएको छैन।

विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीहरूको सिकाइमा थप असर परेको छ। यहाँ न मात्र बेन्च र टेबुलको अभाव छ, विद्यालय भवनसमेत जीर्ण अवस्थामा रहेको प्रधानाध्यापक नमराज जैसी बताउँछन्।

उनका अनुसार चिसो मौसममा पुरानो जीर्ण भवनभित्र भुईँमै बसेर पढ्दा विद्यार्थी बिरामी पर्ने गरेका छन्। विद्यालयमा हाल १३२ जना विद्यार्थी अध्ययनरत छन्, जसमा ७७ छात्रा र ५२ छात्र रहेका छन्।

विद्यालयको दयनीय अवस्था सबैलाई थाहा छ, तर समाधानका लागि पहल गर्ने कोही छैन, प्रधानाध्यापक जैसी भन्छन्। उनका अनुसार विद्यालय घेरवारको समेत अभाव छ, जसले सुरक्षाका दृष्टिले थप चुनौती सिर्जना गरेको छ।

विद्यालयमा हाल कार्यालय सहयोगीसहित जम्मा चार जना शिक्षक मात्रै कार्यरत छन्। कम संख्याका शिक्षकले कक्षा ५ सम्मका विद्यार्थीलाई पठनपाठन गराउन हम्मेहम्मे पर्ने प्रधानाध्यापक जैसीले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement