Advertisement
Advertisement
Advertisement
Advertisement

भारतको कोठीमा युवती बेचेको आरोपमा दम्पती पक्राउ

  |      14:25:00   |  
web image
web image

फागुन १०, दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा घोराही-१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

 

प्रहरी प्रमुख वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् । त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढीगढ पुर्‍याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएको रहेछ’ प्रहरी प्रमुख वलीले भने, ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’


प्रहरी प्रमुख वलीका अनुसार कोठीमा पुर्याएर पीडित युवतीलाई १२ दिनसम्म वेश्यावृत्ति गर्न लगाइएको थियो । पछि युवती बेचिएको खबर उनकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गर्न सफल भयो ।

 

पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल संचालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 

 नियाल्ने हो भने गहिरो जीवनदर्शन भेट्न सकिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement