Advertisement
Advertisement
Advertisement
Advertisement

ब्रिटिश गोर्खा : नेपाली महिला भर्तीबारे बढ्दो चासो

  |      11:47:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ४, काठमाडौं ।  नेपाली महिलाहरूलार्इ ब्रिटिश सेनामा भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन्।

एघार वर्षअघि बेलायती सेनामा भर्ना लिने चर्चा चलेपछि धरान १५ की टिम्पल लिम्बुले भर्ना हुनका लागि तयारी तालिम गरिन्।
तालिमपछि उनी र उनका श्रीमान्‌ले धरानमा पुरुषहरुका लागि ब्रिटिश सेनामा भर्ती हुनका लागि तयारी शारीरिक अभ्यास तालिम केन्द्र खोलेका छन्।

महिलालार्इ भर्ती लिने खबर थाहा पाएका टिम्पलका चिनजानका युवतीहरूले फोन गरेर तालिमका लागि जानकारी लिइरहेका छन्।

आगामी सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने खबर सुनेर टिम्पललाई खुशी लागेको छ।
उनले भनिन्, मेरो त उमेर गयो। यस्तो खालको अवसर छोरालार्इ मात्र दिने चलन छ। यो हटाउनु पर्छ। छोरीहरूले पनि यो अवसर पाएमा परिवारका लागि केही गर्ने मौका पाउँछन्।

ब्रिटिश सेनामा महिलाहरूलार्इ पनि भर्ती लिने खबर ११ वर्षअघि पनि चलेको थियो। यो खबरसँगै बेलायती सेनामा भर्नाका लागि शारीरिक अभ्यास तालिम प्रदेश एक अन्तर्गत पूर्वी पहाडि जिल्लाबाट करिब १ सय ५० भन्दा बढी महिलाहरूले एकै साथ धरानमा तालिम लिएको तालिममा सहभागी टिम्पल लिम्बुले बताइन्।

उनले भनिन्, हामी महिलालार्इ पनि सेनामा भर्ती हुने अवसर आयो भन्दा खुशी लाग्यो। गर्दै गरेको नोकरी पनि छोडेर तालिम लिन आएँ। कमार्इ राम्रो हुने परिवार र आफ्नो भविष्य पनि सुरक्षित हुने आशाले सेनामा जाने निर्णय गरेको थिए।

गाह्रो
तालिमका क्रममा महिलाहरूले सिटअप, पुशअप, दौडसँगै सैनिक शिक्षाको अभ्यास गरेको लिम्बुले बताइन्।

शारीरिक अभ्यास तालिम निकै कठिन भयो।

त्यसमध्ये पनि टिम्पललार्इ हेभिङ गर्न भने निकै गाह्रो भयो।

यस्तो कठिनाइ भोग्दा बेलायती गोर्खा सैनिकमा भर्ना हुनका लागि पुर्खाहरूले र केटाहरूले कति धेरै दुख गरेका रहेछन् भन्ने महसुस भएको टिम्पलले बताइन्।

यसरी शारीरिक अभ्यास गरिरहँदा उनीहरूलार्इ हेर्ने मानिसको भिड लाग्थ्यो।

टिम्पलले भनिन्,ूकेटीहरू पनि कुदेको हेर। ल, बुहारीहरू सबै लाहुरे हुने भए छोराहरूले को ल्याउने भन्दै बुढापाकाहरूले हामीहरूलार्इ जिस्क्याउँथे।

छनोट
महिलाहरूले ब्रिटिश सेनामा भर्ना हुने चर्चा चलेसँगै तयारी पनि गरे।

तर उनीहरूलार्इ छनोट प्रक्रियामा समावेश गराइएन।

भर्ना नलिएपछि आफूसँगै तालिममा सहभागी सबै साथीहरू निरास भएको टिम्पलले बताइन्।

उनले भनिन्, अभिभावकले छोरीहरूलार्इ बाहिर निस्कन हुँदैन। यस्तो तालिमहरू लिनुहुँदैन भन्ने चलन छ। त्यत्रो खर्च गरेर गएका थियौं। कति दुख गरियो। पसिना धेरै बगाइयो तर पछि नलाने भनेको सुनेपछि धेरै रोएका थियौं। त्यो सम्झँदा अझै पनि नराम्रो लाग्छ। रुन मन लाग्छ।

ब्रिटिश सेनामा भर्ती हुनका लागि धरानमा करिब ३० वटा भन्दा बढी पूर्व तयारी तालिमहरू सञ्चालनमा छन्। प्रदेश १ र पश्चिम नेपालका युवाहरू धरानमा तालिम लिन आउने तालिम केन्द्रहरूले जानकारी दिएका छन्।

                                              बीबीसी बाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement