Advertisement
Advertisement
Advertisement
Advertisement

बेवारिसे महिलाबाट जन्मेकी बालिकाको चार महिनापछि न्वारन

  |      11:13:00   |  
बेवारिसे महिलाबाट जन्मेकी बालिकाको चार महिनापछि न्वारन

माघ १६, काठमाडौं ।  घोराहीको सडकमा अलपत्र फेला परेकी एक महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन गरिएको छ ।

मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा न्वारन गरी बालिकाको नाम ‘श्रद्धा’ राखिएको हो ।
गत साउन महिनामा घोराहीमा अलपत्र फेला परेकी महिलाको उद्धार गरी मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा राखिएको थियो । ती महिलाको स्वास्थ्य जाँच गर्दा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

एचआईभी पोजेटिभ ती महिलाले असोज २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्माएकी थिइन् । बालिकाको जन्म पछि पनि उनलाई लगातार २७ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । तर आमाको मानसिक सन्तुलनमा सुधार आएको छैन । स्वास्थ्य परीक्षणको क्रममा ती बालिकामा पनि यौन सम्बन्धी समस्या देखिएको छ ।
त्यसैले चार महिनापछि मात्रै मंगलबार माघ १५ गते मानव कल्याण समाज सेवा घरको प्रांगणमा न्वारन गरिएको हो । ‘छोरीको न्वारन भइरहँदा भित्र रहेकी आमालाई कुनै सरोकार थिएन किनकि उनको मानसिक सन्तुलनमा प्रगति भएको छैन ।

आफूहरुले आमा–छोरी दुवैलाई स्याहार सुसार र उपचार गरिरहेको सेवा घरकी कार्यक्रम संयोजक सुस्मिता मानवले बताइन् । उनका अनुसार नाम–ठेगाना केही खुलेको छैन । ‘आमाको नै पहिचान नभएपछि बाबुको झन् पहिचान हुने कुरै भएन,’  संयोजक सुस्मिता मानवले भनिन् ।

मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलका अनुसार बेवारिसे अवस्थामा फेला परेकी ती महिलालाई ‘सोनिया’ नाम दिएर संरक्षण गरिरहेको छ । उनको बोलीमा हिन्दी लबज मिसिन्छ । ती महिलाले केही अंग्रेजी शब्द पनि उच्चारण गर्छिन् । त्यसैले उनी पढेलेखेकी हुनसक्ने पोख्रेल बताउँछन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् दाङ क्षेत्र नम्बर दुईकी सांसद रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सामूहिक न्वारन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्माले यति धेरै सडकआश्रित मानवको स्याहार र संरक्षण गर्नु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै अलपत्र गर्भवती महिलाको उद्धार गरी बालिकाको नयाँ जीवन आरम्भ गराउनु थप पुण्यको काम भएको बताइन् ।

मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र परेकी महिलामाथि समेत यौन दुव्र्यवहार गर्न पछि नपर्ने अपराधिक प्रवृत्तिलाई परास्त गर्नु समाजकै दायित्व भएको बताइन् । आफूले सेवा घरसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताइन् ।

यसैबीच सेवा घरको सञ्चालनलाई सहज बनाउन माघ १८ गतेदेखि महायज्ञ लगाइने भएको छ । महायज्ञको तयारी पूरा भएको संयोजक चन्द्रराज पन्तले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement