Advertisement
Advertisement
Advertisement
Advertisement

बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

  |      15:09:00   |  
बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

माघ ८, चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आउनुभएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गर्नुभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । 

विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी हुनुभएको थियो । 

राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख  दाहालले महानगरको बारेमा जानकारी गराउनुभएको थियो । यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिनुभएको थियो । दाहालसँगै राजदूत थापाले जिल्लाको महत्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराउनुभएको थियो । 

राजकुमारी एस्ट्रिडसँगै उहाँका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो । यही माघ ५ गतेका दिन नेपाल आउनुभएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गर्नुभएको छ । यस्तै उहाँले भक्तपुरको दरवार क्षेत्र, बौद्धनाथ स्तूप, काठमाडौँका विभिन्न स्थलहरु र धनगढीको भ्रमण गर्नुभएको छ । 

उहाँ आजै नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ । राजकुमारी एस्ट्रिड दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले जानकारी दिनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement