Advertisement
Advertisement
Advertisement
Advertisement

बुढीगण्डकी आयोजना तत्काल अघि बढाउन सांसद गुरुङको माग

  |      15:38:00   |  
web image
web image
साउन २६ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गोरखाकी सांसद गुरुङले आयोजनाका लागि बजेट विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै अब निर्माण कार्यमा ढिलाइ नगर्न आग्रह गरेकी हुन्।
उनले बजेट विनियोजन भइसके पनि आयोजनाको निर्माण प्रक्रिया अघि नबढ्नु र निरन्तर ढिलाइ हुनु दुःखद् भएको बताइन्। आयोजना प्रभावित स्थानीयवासीले लामो समयदेखि मुआब्जा नपाउँदा समस्या झेलिरहेको उनको भनाइ छ।
‘बजेट विनियोजन भइसक्दा पनि निर्माण कार्य सुरु नहुनु र ढिलासुस्ती हुनु दुःखद् हो। आयोजना प्रभावित धेरै जग्गाधनीले अझै मुआब्जा पाउन सकेका छैनन्,’ उनले बैठकमा भनिन्।
मुआब्जा तथा पुनर्वासको उचित व्यवस्था नहुँदा आयोजना प्रभावित स्थानीय जनता अन्योलमा परेको भन्दै गुरुङले सरकारको ध्यानाकर्षण गराइन्। उनले आयोजना प्रभावितको समस्या समाधान नगरी निर्माण प्रक्रिया अघि बढाउँदा थप समस्या उत्पन्न हुन सक्ने बताइन्।
सांसद गुरुङले बाँकी रहेको मुआब्जा रकम तत्काल वितरण गर्न तथा आयोजना प्रभावित नागरिकको उचित पुनर्वास र व्यवस्थापन सुनिश्चित गर्न सभामुखमार्फत सरकारलाई आग्रह गरिन्।
बुढीगण्डकी आयोजना अघि बढाउने क्रममा स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्दै प्रभावित नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने उनको जोड थियो। साथै, बजेट कार्यान्वयनसँगै आयोजनाको निर्माण प्रक्रिया पनि प्रभावकारी रूपमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनले बताइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement