Advertisement
Advertisement
Advertisement
Advertisement

बाढी प्रभावित क्षेत्रमा अनावश्यक फोटो–भिडियो नखिच्न रास्वपा सांसदलाई निर्देशन

  |      13:14:00   |  
web image
web image

भदौ १२ , काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बाढी तथा विपद् प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजान र त्यहाँका दृश्यको फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले आइतबार सांसदहरूलाई निर्देशन जारी गर्दै विपद् प्रभावित क्षेत्रमा आवश्यकताअनुसार मात्र जान आग्रह गरेकी हुन्।

निर्देशनमा विशेषगरी बाढी तथा विपद्का दृश्य खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने काम नगर्न भनिएको छ। प्रभावितप्रति सहानुभूति व्यक्त गर्ने वा सूचना दिने उद्देश्यले गरिएको भए पनि संवेदनशील अवस्थामा त्यस्ता गतिविधिलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्ने भन्दै सचेत गराइएको छ।

रास्वपाका केही सांसद भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुग्दा उद्धार, राहत तथा व्यवस्थापनमा सहयोग गर्नुभन्दा अनावश्यक ‘इस्टनवाजी’ गरेको आरोप लागेपछि पार्टीले यस्तो निर्देशन दिएको हो।

सचेतक धितालले प्रभावित क्षेत्रमा जानुअघि आफ्नो उपस्थिति, सीप र समयले वास्तविक सहयोग पुग्छ कि थप असहजता सिर्जना हुन्छ भन्ने विषयमा आफैंले मूल्याङ्कन गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।

उनले विपद्को समयमा प्रभावित क्षेत्रका सांसदलाई आवश्यकताअनुसार सम्बन्धित स्थानमा जान र अन्य सांसदलाई भने आफ्नो स्थानबाट समन्वय तथा सहयोगमा ध्यान दिन आग्रह गरेकी छन्।

रास्वपाले अहिले शुभेच्छा व्यक्त गर्नु मात्र पर्याप्त नहुने भन्दै उपलब्ध सीप, समय र स्रोतलाई वास्तविक राहत तथा उद्धारमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement