Advertisement
Advertisement
Advertisement
Advertisement

बाँकेका मुस्लिम महिलाको न्यायमा पहुँच भएन, पीडा सहेर बस्न बाध्य

  |      14:46:00   |  
वेब तस्विर
वेब तस्विर

►राकेशकुमार मिश्र 

कात्तिक १६, खजुरा । बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनभिज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो समस्या भएको हो । 

 

पछिल्लो समयमा केही महिलाहरु खुलेर बाहिर आउन थालेका छन् । बाहिर आएका महिलाहरु पनि कानूनी प्रक्रियाको त्यति जानकार छैनन् । यसको एक उदाहरण बन्नुभएको छ, बाँके जानकी गाउँपालिकाको खाले पिप्रहवाका सैजहाँ तेली । न्यायिक प्रक्रियामा पहुँच नहुँदा उहाँ समस्यामा पर्नुभएको छ ।  एक दशक अघि विवाह भएका उहाँका अहिले दुई बच्चा छन् । श्रीमान् लागुऔषधका दुव्र्यसनी हुन् र लागुऔषधको कारोबारमा संलग्न छन् । लागुपदार्थ खाएर आई दिनहँु कुटपिट गर्ने पीडा उहाँले भोग्दै आउनुभएको छ । कुलतमा फसेर प्रहरीको अति वाञ्छित सूचीमा रहेका श्रीमान्लाई कारवाहीका लागि प्रहरी प्रशासनसँग गुहार्दा समेत प्रहरीले समात्ने तर, दण्ड नदिएर छाड्ने गरेको सैजहाँ बताउनुहुन्छ । 

 

श्रीमान्लाई पाँच–छ पटक पक्डन लगाएर जेल पठाए तर उनी सुध्रेनन् । उहाँ भन्नुहुन्छ – “यस्तो भन्दा त उनको अनुहारै नदेखे जाती हुन्थ्यो ।” उहाँका श्रीमान् कहिलेकाहीँ मात्र घर आउँछन् । आएको बेला साहै्र दुःख दिन्छन् । आफूलाई न्याय पाउने सहज बाटो थाहा नभएर कारवाहीको प्रक्रिया अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । 

 

न्यायका लागि भौँतारिरहनु भएका उहाँ स्थानीय तह, प्रहरी चौकी र सामुदायिक मेलमिलाप केन्द्रमा जानुभयो तर, अहिलेसम्म सुनुवाइ भएको छैन । उहाँ भन्नुहुन्छ – “म दिनहुँ मेहनत मजदुरी गरी दुई बच्चालाई पालनपोषण गरिरहेकी छु र विद्यालय पठाइरहेकी छु ।” 

 

सैजहाँ त एक नमूना मात्र हुन् । यस जिल्लामा उहाँ जस्तै महिनामा ५० जना जति महिला आफ्ना श्रीमान् तथा घरपरिवारबाट प्रताडित हुने गरेको बताइन्छ । महिला तथा बालबालिका कार्यालयमा त्यस्ता पीडित महिलाहरु बढी आउने गरेका छन् । । सामाजिक संस्कार र घरपरिवारका कारण महिलाहरु पीडा सहेर बस्नुपरेको छ । कतिपय महिलाहरु न्याय माग्न नजानेर अलमलमा छन् । आफूहरुको उचित व्यवस्थापन सरकारबाट नहुँदा परिवार छोड्नु भन्दा बरु पीडा सहेरै बस्नु बेस भन्नेहरु पनि थुप्रै छन् । 

 

पछिल्लो समयमा जिल्लामा विभिन्न सङ्घसंस्थाले महिला अधिकारका विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि उनीहरु जागरुक बन्दै गएको सम्बद्ध पक्षको दाबी छ । मुस्लिम अगुवा महिला साईदा तेलीका अनुसार गाउँका महिलाहरु महिला अधिकारको कानूनी प्रक्रिया जस्ता विषयमा अनभिज्ञ रहेका छन् । मुस्लिम समुदायका महिलालाई घर बाहिर निस्कन नदिने सामाजिक परम्परा, अशिक्षा र गरिबीका कारण उनीहरु घरभित्रै चुलोचौकामा मात्र सीमित रहेका छन् । 

 

गैरसरकारी संस्थाहरुको पहलमा बाँके जिल्लाका विभिन्न स्थानमा गठित महिला समूहमा आबद्ध महिलाहरु अहिले सचेत भई कानूनी प्रक्रियाबारे जानकारी पाउन थालेका छन् । सदस्य साईदाले भन्नुभयो – “अरु महिलाका कुरा के गर्ने रु मलाई समेत केही पनि थाहा थिएन । हाम्रो समुदायका पुरुषहरुले महिलालाई घर बाहिर पठाउँदैन्थे । घरभित्र राखेर हाम्रा सबै अधिकार कुण्ठित भएको थियो ।” 

 

सो समूह गठनपछि उनीहरुलाई निर्णय लिन मात्र हैन अर्थोपार्जन गर्न पनि मद्दत मिलेको उहाँले बताउनुभयो । महिलामाथि आइपर्ने विभिन्न समस्या तथा कानूनी उपचारबारे उनीहरुलाई सचेत गराउँदै आत्मनिर्भर र सक्षम बनाउन लागिपरेको पूर्व सांसद मोहमद्दी सिद्दिकी बताउनुहुन्छ । 

 

उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रका धेरै मुस्लिम महिला पीडा सहेर बसिरहेका छन् । अहिले पनि १० प्रतिशत जति महिलाले आफ्नो पीडा लुकाएर बस्दैआएको बताइन्छ । गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष सपना भट्टराई भन्नुहुन्छ –“समुदायमा सामाजिक पर्खालहरु धेरै छन् । पीडित भएको अनुभूति हुँदाहुँदै पनि समाजबाट बाहिरिन सकेका छैनन् । न्याय कागजी भएको छ, व्यावहारिक छैन ।” 

 

बाँके जिल्लामा विशेष गरी मधेशी मुस्लिम समुदायका महिलाहरुमा बहुविवाह, सम्बन्ध विच्छेद र दाइजोका मुद्दाहरु बढी आउने गरेको मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी बताउनुहुन्छ । कानूनी हिसाबले न्याय पाउन झण्झटिलो रहेको उहाँको अनुभव छ । कानूनी प्रक्रियालाई पनि छोटो र सहज बनाई राजनीतिक हस्तक्षेपमुक्त बनाइएमा यस्ता घटनाको कमी हुने उहाँको भनाइ छ । 

 

बाँके जिल्ला विशेष गरी मधेशी, मुस्लिम तथा पछाडि परेको समुदायका महिलाहरुमा गरिबी र अशिक्षाका कारण कानूनी ज्ञानको अभाव भएको कानून व्यवसायी अधिवक्ता विश्वजीत तिवारी बताउनुहुन्छ । 

 

नेपालमा विद्यमान कानूनले पनि उचित क्षतिपूर्तिको व्यवस्था नगरेकाले महिलाहरु समस्यामा पर्ने गरेको तिवारी बताउनुहुन्छ । उहाँले महिलाका पक्षमा अदालतले आदेश दिएपनि कतिपय फैसला पीडक पक्षले कार्यान्वयन नगरिदिँदा पनि महिलाहरु समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो – “न्यायिक निकायमा महिला कर्मचारीको अभावमा पनि पीडित महिलाहरु आफ्ना समस्या अगाडि राख्न सक्दैनन्, विशेष गरी प्रहरी र अदालतमा । ती निकायमा महिला कर्मचारीको व्यवस्था गरी छुट्टै शाखा स्थापना गर्नुपर्दछ ।” 

 

महिला हिंसाका उजुरीहरु आउने क्रम प्रहरी कार्यालयमा दिन प्रतिदिन बढिरहेको छ । घटना भइसकेर लामो समय बितेपछि मात्र प्रहरीमा उजुरी आउने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले भन्नुभयो –“शुरुमा महिलाहरु उजुरी दिन्छन् र कानूनी उपचारका लागि प्रक्रिया अघि बढाउँदा उहाँहरुको बयान परिवर्तन हुन्छ । त्यसपछि हाम्रो अनुसन्धान फिलतो भई कारवाही प्रक्रिया अघि बढ्न सक्दैन ।” 

 

जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७४÷७५ सालमा घरेलु हिंसासम्बन्धी जम्मा ४८३ वटा उजुरी दर्ता भएका छन् । त्यसमा २७ वटा मुद्दा अदालतमा पुगेको र १४ वटामा निवेदक पक्ष नै उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँकी ४४२ वटा उजुरीको मिलापत्र गराइएको थियो । आव २०७३÷७४ मा जम्मा ३९७ वटा उजुरी दर्ता भएका थिए । महिला तथा बालबालिका कार्यालयले जिल्लामा दुई हजार ६०० महिला समूह गठन गरी विभिन्न सेवा प्रदान गर्दै आएको छ । समूहमार्फत महिला सचेतना कार्यक्रम, मध्यस्थतालगायतको काम गर्दै आएको महिला विकास अधिकृत शोभा शाहले बताउनुभयो । 

 

उहाँका अनुसार सो समूहमा घरेलु हिंसाका विवाद, झगडा, मानसिक तनाव, बहुविवाह जस्ता घटनारु आउने गरेका छन् । बलात्कार जस्ता फौजदारी मुद्दा प्रहरी अदालतमा सिफारिश गर्ने गरिएको छ । उहाँका अनुसार मुलुक सङ्घीय संरचनामा गएपछि उजुरीको सङ्ख्या घटेको छ । महिला तथा बालबालिका कार्यालयअन्तर्गत साथी संस्थाको सहकार्यमा नेपालगन्जमा सञ्चालन गरिएको पुनःस्थापना केन्द्रमार्फत गत आवमा करीब ३०० भन्दा बढी महिलालाई सेवा प्रदान गरिएको थियो । यस केन्द्रमा महिलालाई खाने, बस्ने, कानुनी सहायता दिने, सीप सिकाउने र आयआर्जनका काम गर्न चाहनेलाई रकम समेत दिने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement