फागुन २६, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका–२, चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन्। एनसिबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उनी भारतबाट फर्कँदै थिए।
जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।