Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दा

  |      16:40:00   |  
बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दा

 चैत, १  काठमाडौ । बलात्कारको आरोपमा लतिलपुर प्रहरीले वाग्मती गाउँपालिका–७, गिम्दीका एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि १५ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरी पनि दुई महिनाको गर्भवती भएको स्वास्थ्य परीक्षणबाट खुलेको छ । तर पीडित बालिकाले किटानी जाहेरी नदिएका कारण बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दामा प्रहरी हिरासतमा राखिएको छ ।

पीडित किशोरीले उजुरी दिन नमानेपछि कानुनी प्रक्रिया अघि बढाउन समस्या भएको चापागाउँका डीएसपी टीका कार्कीले बताए । पीडक पनि पीडित बालिकाको नातेदार नै भएको भन्दै उनले भनिन्, ‘उहाँविरुद्ध अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।’

बाल क्लबबाट बाहिर आएको घटना

विद्यालयको गिम्दी बाल क्लब सञ्जालका एक सदस्यका अनुसार पीडित बालिकाले केही दिनदेखि अस्वभाविक गतिविधि देखाइरहेकी थिइन् । साथीहरुले सोध्दा उनले ‘भिनाजुले दिदी नभएको वेला जबरजस्ती करणी गरेको’ र दुई महिनादेखि महिनावारी नभएको भन्दै सहयोग गर्न आग्रह गरिन् ।

बाल क्लबमा आवद्ध उनका साथीहरुले बाल हेल्पलाइन १०९८ मा उजुरी गरे । जनप्रतिनिधि र प्रहरी वृत्त, चापागाउँसम्म खबर पुगेपछि प्रहरीले पीडित र पीडक दुवैलाई कार्यालयमा ल्याएर छलफल गरेको छ ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार स्वास्थ्य जाँचबाट पीडित बालिका गर्भवती भएको पुष्टि भएको छ ।

तर पीडितले कहणीको किटानी जाहेरी नदिँदा आरोपितमाथि मुद्दा चलाउन नसक्ने अवस्था आएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

 बज्राचार्य भन्छिन्, ‘बलात्कारको घटनामा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउन मिल्दैन । पीडितले उजुरी नदिएसम्म कारबाही अघि बढाउन समस्या छ ।’ यदि उजुरी आए करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्ने उनले बताइन् ।

किन होस्टायल भइन् बालिका रु

प्रहरी अधिकृतहरु पीडित बालिकालाई धम्की वा कुनै प्रलोभन दिएर होस्टायल गराइएको हुनसक्ने बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालका अधिकारीहरुको पनि उस्तै आशंका छ ।

संस्थाका कार्यक्रम व्यवस्थापक भरत अधिकारी भन्छन्, ‘हेल्पलाइनमा पहिले जबरजस्ती करणी भएको भनेर उजुरी आएको थियो । अहिले जाहेरी नपरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

ललितपुरकी एसएसपी बज्राचार्य पनि बालअधिकार परिषद्सहित बालबालिकासँग सम्बन्धित विभिन्न संस्थासँग समन्वय गरेर घटनाबारे कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताउँछिन् । प्रहरीका अनुसार पीडितका बुबाआमा भारतमा छन् । उनी आफन्तको घरमा बसेर पढ्दै आएकी थिइन् ।

अनलाइनखबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement