Advertisement
Advertisement
Advertisement
Advertisement

फूपु–भदै मृत्यु प्रकरणः अनुसन्धानका लागि पाँचजना नियन्त्रणमा

  |      11:07:00   |  
फूपु–भदै मृत्यु प्रकरणः अनुसन्धानका लागि पाँचजना नियन्त्रणमा

माघ १५, काठमाडौं ।अछामको ढकारी–८  का फूपु–भदैको मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । आइतबार दुई जना पक्राउ परेकामा प्रहरीले सोमबार थप तीन जनालाई नियन्त्रणमा लिएको छ । 

ढकारीका सरस्वती खड्का र ईशरा खड्का गत शनिबार जंगलमा मृत भेटिएका थिए । टाउकोमा चोट रहकाले उनीहरुको हत्या भएको आशंका गरिएको छ । 

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–३ तालीका १५ वर्षीय  र १७ वर्षीय बालक छन् । वडा नम्बर १ डुफाका २४ वर्षीय मिनबहादुर बुड्थापा, ४० वर्षीय रामचन्द्र थापा र अर्का नौ वर्षिय बालक पनि प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ । ‘यो घटनामा हामी निकै गहिरो ढंगले अध्ययन गरिरहेका छौं,’ उनले भने,‘त्रुटिरहित अनुसन्धान हुन्छ ।’ 

गत शुक्रबार बाख्रा चराउन जंगल गएकी १५ वर्षीया सरस्वती र १४ वर्षीया ईशरा शनिवार वडा नम्बर १ को जंगलमा मृत भेटिका थिए । उनीहरु एकैघरका फूपु–भदै हुन् । दुबैजना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् । मृत भेटिएका उनीहरुको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । शवको भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ । शव मंगलबार अछाम ल्याइनेछ । पोष्टमार्टमको रिर्पोटपछि अनुसन्धानमा थप सहज हुने प्रहरीको भनाई छ ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement