माघ ७, काठमाडौं। मोरङमा एक पुरुषले आफ्नै शरीरमाथि आगो लगाएका छन्। झापास्थित दमकका ४० वर्षका विनोद थापाले आफ्नो शरीरमा पेट्रोल छर्किएका हुन् ।
प्रहरीका अनुसार थापा झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थिए । तर, प्रेमिकाले बेवास्ता गरेको भन्दै उनले आफ्नै शरिरमा आगो लगाएका हुन्। अहिले भने विनोदको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।