Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेमिका भेट्न गएका २० वर्षीय युवाको शंकास्पद मृत्यु

  |      10:23:00   |  
प्रेमिका भेट्न गएका २० वर्षीय युवाको शंकास्पद मृत्यु

माघ २० काठमाडौं । टेलिफोन र सामाजिक सञ्जालबाट प्रेममा जोडिएका भोटेकोशी गाउँपालिका– १, सेमुङनिवासी २० वर्षीय दिनेश विकको केटीसाथीसँग भेटपछि शंकास्पद मृत्यु भएको छ । प्रहरीले कोदारी सडकको नालीमा उनको शव फेला पारेको हो ।

अचेत अवस्थामा रहेका उनलाई बाह्रबिसेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । एक सातापछि विदेश जाने भिसा मिल्ने भएकाले घरमा रहेकी आमालाई भेट्न विक काठमाडांबाट केही दिनअघि गाउँ आएका थिए ।

बालकमै बुबा गुमाएकाले प्लस टु अध्ययनपछि काम गर्न काठमाडौं गएका थिए । घर आएका वेला विक शुक्रबार ठुलोबुबाको छोरा १७ वर्षीय सुरेश विकलाई लिएर प्रेमिका भेट्न तातोपानीतर्फ लागेका थिए । परिवारले घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले दिएको जानकारीअनुसार घटना शुक्रबार मध्याह्नतिरको हो । भोटेकोशी गाउँपालिका–२, कोदारी बस्ने  प्रेमिका भेट्न दिनेश कोदारी माध्यमिक विद्यालयमुनि रहेको हेलिप्याड भ्युटावरमा पुगेका थिए ।

विक पुगेको आधा घण्टापछि प्रेमिका आइपुगेकी थिइन् । प्रहरीले अनुसन्धानका लागि विककी प्रेमिका र अन्य दुई युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोदारीकी इन्स्पेक्टर सञ्जिता श्रेष्ठ र इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर पाण्डेले हालसम्म कुनै तथ्य प्रमाण फेला नपरेको बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement