Advertisement
Advertisement
Advertisement
Advertisement

प्राकृतिक स्रोतको उपयोगमा नीतिगत अवरोध हटाउन सांसद अधिकारीको माग

  |      15:11:00   |  
web image
web image
साउन २७ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको ठूलो सम्भावना रहे पनि नीतिगत जटिलता र झन्झटिलो स्वीकृति प्रक्रियाका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी छन्।
बुधबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा अधिकारीले वन, खानीलगायत क्षेत्रको विकासका लागि बहुनिकायबाट लिनुपर्ने स्वीकृति प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिइन्।
उनका अनुसार नेपालमा ६० भन्दा बढी प्रकारका खनिज तथा खनिज स्रोत भएका एक हजारभन्दा बढी स्थान पहिचान भइसके पनि खानी क्षेत्रको अर्थतन्त्रमा योगदान न्यून छ। उनले समस्या स्रोतको अभाव नभई नीतिगत अवरोध भएको बताइन्।
सिमेन्ट उद्योगले आयात निर्भरतालाई उत्पादन र निर्यातको सम्भावनामा बदल्न सक्ने देखाएको उल्लेख गर्दै अधिकारीले फलाम, तामा र डोलोमाइटलगायत अन्य खनिजमा पनि त्यस्तो सम्भावना उपयोग गर्नुपर्ने बताइन्।
वन क्षेत्र पर्याप्त हुँदाहुँदै काठजन्य वस्तु आयात भइरहेको विषय उठाउँदै उनले एउटा रुख काट्नसमेत लामो स्वीकृति प्रक्रिया पूरा गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
त्यस्तै, संघ, प्रदेश र स्थानीय तहमा छुट्टाछुट्टै कर तथा शुल्क तिर्नुपर्ने निजी क्षेत्रको समस्या समाधानका लागि एउटै स्थानबाट कर संकलन गरी सम्बन्धित तहमा बाँडफाँट गर्ने प्रणालीबारे अध्ययन गर्न उनले आयोगसँग आग्रह गरिन्।
प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई दीर्घकालीन रूपमा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्राकृतिक स्रोत कोष स्थापना गर्ने सम्भावनाबारे समेत अध्ययन गर्न सांसद अधिकारीले आयोगलाई आग्रह गरेकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement