Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

  |      14:36:00   |  
प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ ।

दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ । राई आर्थिक वर्ष २०७३÷७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चचालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् ।

उनी जनजाती कोटाबाट नोपली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । सत्ताको मुख्य घटन कांग्रेसकी सांसद राईलाई उन्मुक्ति दिएर मुद्दा दायर भएको छ ।

यसबारे जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं भने वतन यकिन नभएको प्रतिवादी नबनाइएको दाबी गरेको छ ।

सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले भन्छन्, ‘प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका पाँचजनाविरुद्ध पूरा ठेगाना नखुलेकाले अहिले मुद्दा दायर नभएको हो । यद्यपी उहाँहरुको हकमा अनुसन्धान जारी नै छ । पछि वतन खुलेपछि उहाँविरुद्ध मुद्दा दायर हुन्छ ।’

सरकारी वकिल कार्यालयका प्रमुख काफ्ले भने सांसदको समेत वतन नखुलेको भन्दै पन्छिने गरेका छन् । जबकी पक्राउ पुर्जी जारी गर्ने बेलामै तीन पुस्ते र वतन समेत खुलाएर पक्राउ पुर्जी जारी हुने गर्छ ।

राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३र७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको अभियोगपत्रमा समेत उल्लेख छ । कूल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो । त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।

सांसद राई सहसचिव रहेको समयमा आर्थिक वर्ष २०७४र७५ मा पनि रकम अपचलन भएको भेटिएको छ । आर्थिक वर्ष २०७४र७५ को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा बिना धितो समूहलाई आधार मानि लगानी गरेको भेटिएको थियो ।

१ करोड ४२ लाख १० हजार ४३३ को ऋण नोक्सानी व्यवस्था गरेको पनि अभियोगपत्रमा उल्लेख गरिएको छ । यो आर्थिक वर्षमा पनि सूचीकृत नभएका संस्थालाई गर्ने गर्ने कामलाई निरन्तरता दिइएको थियो ।

आफ्नो शेयर पूँजीको १० गुणभन्दा बढी बचत संकलन समेत गरिएको थियो । राई सहसचिव रहेकै बेला आर्थिक वर्ष २०७६र७७ कानूनी विपरीतका कार्य स्वर्णलक्ष्मी सहकारीमा भएको खुलेको छ । लेखा परीक्षण प्रतिवेदनमा संस्थाले पाउनुपर्ने ब्याजलाई ऋणमा पूँजीकृत गरी आम्दानी जनाउन नपाइने व्यवस्था रहेता पनि संस्थाले पाउनुपर्ने ब्याजलाई पूँजीकृती गरी आम्दानी जनाइएको खुलेको थियो ।
त्यसैगरी राई सहसचिव रहेकै समयमा नियम तथा मापदण्ड विपरीत प्राकृतिक व्यक्ति बाहेकका संस्थाहरुलाई ऋण दिएर रकम अचलन गरिएको खुलेको छ । त्यतिबेला १३ वटा संस्थामा रकम लगेर अपचलन गरिएको थियो । यही समयमा हर्बो इन्टरनेशनल प्रालिमा १० करो २७ लाख ९४ हजार ५२२ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।

सुपर सिटी इन्टरप्राइजेज प्रालिमा ७३ लाख ८ हजार १६४, न्यू सुलक्स अफसेट प्रिन्टर प्रालिमा ४३ लाख १५ हजार २८५, सिद्धार्थ विद्या सदन हाई स्कुलमा ७ लाख ३ हजार २९७, सारेगम रेकर्ड प्रालिमा १२ लाख १९ हजार ९६७, देव दीप एग्रिकल्चर एण्ड एनिमल फार्मममा २ करोड ६० लाख ७४ हजार ४४२, मन्दरा टुर एण्ड ट्राभ्लसमा १ करोड २ लाख ५४ हजार ८४८ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।

त्यसैगरी होम प्रालिमा ७० लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपेटेशनमा १ करोड २ लाख ५४ हजार ८४८, होम प्रालि प्यागोडासमा ७ लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपेटेशन प्रालिमै १ करोड १५ लाख ८२ हजार ८८०, गोर्खा हर्बल प्रोडक्शनमा १करोड, बागमती बालुवाखानी प्रालिमा ५८ लाख २ हजार ४०८, एनबी मार्टमा ९२ हजार र गोर्खा ग्रुप अफ कम्पनीमा २२ लाख ९९ हजार ९९९ रुपैयाँ लगेर अपचलन गरिएको थियो 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement