Advertisement
Advertisement
Advertisement
Advertisement

प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने एमाले नेतृ शिवमाया को भनाई

  |      15:54:00   |  
web image
web image

फागुन १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेकी महिला नेतृ तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छिन् । डोल्पाको जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँग भेटघाट गर्दै तुम्बाहाम्फेले यस्तो बताएकी हुन् ।

 

एमालेको बुझाइमा सबैभन्दा अस्थिर नेता प्रचण्ड भएको र अस्थिर नेताले नेतृत्व गरेको सरकारले नेपालका लागि निकास दिन नसक्ने उनले बताइन् । ‘केही समय सहकार्य गरेर सँगै बढ्दा जनताको हित हुन्छ कि भन्ने एमालेको धारणा थियो, तर प्रचण्डले धोका दिनुभयो, स्थिर मानसिकता बोकेको मान्छेलाई अघि बढाउनुपर्छ भन्ने एमालेको भनाइ हो,’ उनले भनिन् ।

 

ग्रासरुट सुदृढीकरण कार्यक्रममा डोल्पा पुगेकी डा। तुम्बाहाम्फेले नेकपा एमाले देशकै सबैभन्दा स्थापित पार्टी भएकाले अब एमालेको रणनीति पार्टी सुदृढीकरणमा केन्द्रित हुने बताइन् । संवैधानिक परिषदमा एमालेकै बहुमत रहेकाले अहिले सरकारलाई संवैधानिक नियुक्तमा असहजसमेत हुनेतर्फ उनले संकेत गरिन् ।

 

नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा एमालेले आफ्नोतर्फबाट उम्मेदवार मैदानमा उतारिसकेकाले त्यसको डटेर सामना गर्ने उनको भनाइ छ । निर्वाचन प्रक्रियामा जितहार हुने भएकाले यसमा कुनै नौलो नभएको उनले बताइन् । पत्रकारको अर्को प्रश्नमा नेकपा एमाले र राप्रपाको नीति, विधि र सिद्धान्त फरक भए पनि राष्ट्रिय हितका विषयमा सहकार्य भइरहने उनले बताइन् ।

 

यदि राप्रपाले उठाएको हिन्दू राष्ट्रको मुद्दामा एमालेको साथ–सहयोग हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा यसमा एमालेले कदापि सहयोग गर्न नसक्ने उनले बताइन् ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement