Advertisement
Advertisement
Advertisement
Advertisement

प्रकृतिका बुबा भन्छन् : हामी न्याय चाहन्छौं

  |      15:48:00   |  
प्रकृतिका बुबा भन्छन् : हामी न्याय चाहन्छौं

फागुन ६, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युलाई लिएर न्यायको माग भइरहेको छ।

छोरीको न्यायका लागि भारत पुगेका प्रकृतिका बुवा सुनिल लम्साल विश्वविद्यालय प्रशासन र प्रहरीसँग न्यायको गुहार गरिरहेका छन्।

मृतकका बुबा लम्सालले छोरीलाई ब्ल्याकमेल गरिएको बताएका छन्। सोहीकारण आफ्नी छोरीले आत्महत्या गरेको आरोप उनको छ।

बुबा सुनील लम्सालले एएनआईसँग भने, ‘छोरीमाथि मानसिक यातना र ब्ल्याकमेल गरिएको छ। यही कारण उनले यस्तो निर्णय लिन बाध्य भइन्। विश्वविद्यालय प्रशासन मौन छ। हामीले छोरीलाई उच्च शिक्षा हासिल गराउन भारत पठाएका थियौं, तर यो कस्तो नियति भोग्नुपऱ्यो १ सरकार र प्रहरी प्रशासनप्रति हामीलाई विश्वास छ, उनीहरूले न्याय दिनेछन्।’

उनले विश्वविद्यालयका अधिकारीहरूसँग कुराकानी भएको भए पनि अधिकारीहरूले कुनै नयाँ जानकारी नदिए बताए। लम्सालले भने, ‘हिजो, हामीले विश्वविद्यालयका अधिकारीहरूसँग कुराकानी गरेका थियौं। उनीहरूले केही भनेनन्, तर प्रहरी र कलेज प्रशासनले सहयोग गरिरहेको छ।’ परिवारले आइतबार मात्रै आत्महत्याबारे जानकारी पाएको उनले बताएका छन्।

पक्राउ परेका अभियुक्त नै यसको पछाडिको कारण भएको पनि उनको तर्क छ। ‘उसको भाइ पनि यहाँ अध्ययनरत छ, र उसले हिजो अघिल्लो दिनको घटनाको बारेमा हामीलाई जानकारी गराएको थियो। एक जनालाई पक्राउ गरिएको छ, र मलाई लाग्छ कि यो सबैको पछाडिको कारण उ नै हो। उसको फोन, ल्यापटप र डायरी फोरेन्सिक विभागलाई दिइएको छ। प्रहरी प्रशासन र सरकारले हामीलाई सहयोग गरिरहेको छ,’ उनले थपे।

केही विद्यार्थीलाई निकाला गरेको कुरामा असन्तुष्टि पनि व्यक्त गर्दै सुनीलले भने, ‘मैले सुनेको छु कि विद्यार्थीहरूलाई निस्कन भनिएको छ, यो ठीक होइन। हामी न्याय माग्छौं र अरू केही पनि चाहिएको छैन।’ यो प्रकरणलाई लिएर भारतसहित नेपालको संसददेखि सडक तात्तिएको छ।

बी।टेक तेस्रो वर्षको विद्यार्थी प्रकृतिको शव विश्वविद्यालयको होस्टेलमा मृत फेला परेको थियो। केआईआईटी विश्वविद्यालयले सोमबार नेपाली विद्यार्थीलाई तुरुन्तै क्याम्पस खाली गर्न निर्देशन दिएको थियो।

जारी एक सूचनामा ‘नेपालका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि कलेज अनिश्चितकालका लागि बन्द छ’ भनिएको थियो। यद्यपि, सोही दिन, संस्थानले अर्को सूचना जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न अनुरोध गरेको थियो। तर नेपाली विद्यार्थी फर्कन सकिरहेका छैनन्।

विश्वविद्यालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘हिजो साँझ अबेर केआईआईटी क्याम्पसमा एउटा दुर्भाग्यपूर्ण घटना भयो। घटना लगत्तै प्रहरीले यस विषयमा अनुसन्धान गरी दोषीलाई पक्राउ गरेको छ। केआईआईटी प्रशासनले क्याम्पस र होस्टलहरूमा शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न सामान्य अवस्था पुनर्स्थापित गर्न हरसम्भव प्रयास गरेको छ।’

भुवनेश्वर–कटक प्रहरीले पनि यस घटनाको सम्बन्धमा संस्थानका एक विद्यार्थी (पूर्वप्रेमी) लाई पक्राउ गरेको छ। साथै, विश्वविद्यालयले नेपाली विद्यार्थीसँग घटनाका लागि माफी माग्दै दुव्र्यवहारमा संलग्न तीन जनालाई कामबाट निकालेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार सरकारले घटनाको बारेमा जानकारी लिएर कूटनीतिक माध्यमबाट भारतसँग यस विषयमा छलफल गरिरहेको जानकारी दिएका थिए। एएनआई


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement