असार २८, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं मा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् शान्ति काडेल अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो ।
बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौँका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बाढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगर लगायतका स्थानमा डुबान भएको छ ।
तस्विरहरु :
बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर :नविन पौडेल, रासस
बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर : नविन पौडेल, रासस
बुधबार बेलुकादेखि निरन्तर परिरहेको बर्षाको कारण काभ्रेपलाञ्चोकको पुण्यमाता खोलामा आएको बाढीले बनेपा बजार डुवानमा परेपछि अवरुद्ध भएको अरनिको राजमार्ग । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
बुधबार बेलुकादेखि निरन्तर परिरहेको बर्षाका कारण बनेपाको पुन्यमाता खोलामा आएको बाढीबाट डुवानमा परेको काभ्रेपलाञ्चोकको बनेपा बजार । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमि नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भक्तपुरको हनुमानघाट । तस्बिर :लक्ष्मी गारु, भक्तपुर, रासस
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर आइपछि अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमिको राधेराधेदेखि थिमि चोकसम्मको क्षेत्र । तस्बिर : रत्न श्रेष्ठ, रासस
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरमा बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै सांसद महेश बस्नेत, सूर्यविनायकका नगरप्रमुख वासुदेव थापालगायत । तस्बिर :रमेश गिरी, भक्तपुर, रासस