Advertisement
Advertisement
Advertisement
Advertisement

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

  |      15:59:00   |  
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

माघ ३० काठमाडौं । तनहुँ, माघ ३० गते । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

कक्षा ४ मा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डाम्नुभएको थियो । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ । कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेकाले नियन्त्रण लिइएको प्रनाउ थापाले बताउनुभयो । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गर्नुभएको छ ।

यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिस परियारलगायतका विद्यार्थीहरुलाई शिक्षकद्वारा अनुशासनको नाममा पन्यू तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन र यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक, तथा समाजलाई गहिरो चिन्ता व्यक्त गर्न बाध्य बनाएको जनाइएको छ । विद्यालय भनेको शिक्षाको मन्दिर भएकको विद्यालयलाई ज्ञान प्राप्त, बौद्धिक, सामाजिक र नैतिक विकास गर्ने थलोको रुपमा मानिन्छ र जहाँ विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइन्छ, तर उक्त बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानविय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय विषय भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षा क्षेत्रलाई विद्यार्थी मैत्री बनाउन, विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न तथा शिक्षामा सकारात्मक सुधार ल्याउन सम्बन्धित निकाय विद्यालय प्रशासन र अभिभावकहरु मिलेर आवश्यक पहल गर्नुपर्ने देखिन्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षकमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । पीडित विद्यार्थीले न्याय नपाइन्जेल नेपाल विद्यार्थी सङ्घ तनहुँले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने जनाइएको छ ।’’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement