Advertisement
Advertisement
Advertisement
Advertisement

न्यूनतम पारिश्रमिक कार्यान्वयन सहज छैन

  |      13:43:00   |  
बिबिसि
बिबिसि

सरकारले साउन १ गतेबाट लागु हुने गरी श्रमिकहरूको न्यूनतम तलब १३ हजार ४ सय ५० तोकेपछि कतिपय व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

 

उनीहरूले कमजोर पूर्वाधारका कारण देशमा उत्पादनको लागत उच्च रहेको र सबै रोजगारदाताको स्तर पनि समान नरहेको भन्दै असन्तोष पोखिराखेका छन्।

 

सरकारको नेतृत्वमा मजदुर संगठन र रोजगारदाताबीच चरणबद्ध रुपमा छलफल भएपछि श्रम मन्त्रालयमा सोमवार मन्त्रीस्तरीय निर्णयबाट यो टुङ्गोमा पुगिएको अधिकारीहरूले बताएका छन्।

 

दुई वर्षअघि सरकाले तोकेको न्यूनतम मासिक पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ रहेकोमा ३९ प्रतिशतले बढाइएको छ। प्रतिदिनको ज्याला ५ सय १७ रुपैयाँ तोकिएको छ भने घण्टका आधारमा काममा लगाए प्रतिघण्टा ६९ रुपैयाँ तोकिएको छ।

 

सरकारको निर्णयबारे श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले भने, यो भन्दा बढी आपसी सहमतिमा जति पनि तोक्न सकिन्छ। तर न्यूनतम सीमा तोडिएमा गैरकानूनी ठहरिने छ ।

 

अघिल्लो व्यवस्थाले १० जना भन्दा कमको समूह र करारको नियुक्ति भएका श्रमिकलाई समेट्दैनथ्यो।  अहिले श्रम ऐनमै एक वा एकभन्दा बढी श्रमिक रहेको कार्यक्षेत्रमा लागु हुने उल्लेख छ।

 

चुनौती
घण्टाको आधारमा गरेको कामको तलब दिने व्यवस्था समेत पहिलो पटक ल्याइएको छ।

बढ्दो बजार मूल्यको अनुपातमा कम्तीमा चारजनाको परिवारलाई पुग्नेगरी मासिक न्यूनतम २० हजा रुपैयाँ तलब कायम हुनुपर्ने माग श्रमिक संगठनहरूको माग थियो।

रोजगारदाताहरू भने १२ हजार रुपैयाँभन्दा माथि जान नसकिने अड्डी कसेका थिए।

 

यसको व्यावहारिक कार्यान्वयनका भुक्तानीलाई ब्याङ्किङ प्रणालीमा लैजानुपर्ने आवश्यकता ‍औंल्याउँछन् नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ।  उनी भन्छन्, ब्याङ्क खातामा राख्ना साथ तलब होओस् वा सामाजिक सुरक्षा कोषको व्यवस्थालाई छल्न सकिँदैन।

 

व्यवसायीहरू भने सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति नल्याउने हो भने यस्तो वृद्धिलाई सघाउने गरी काम गर्न कठिनाइ हुने बताइरहेका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भन्छिन्, धेरै उद्योगलाई यसले गाह्रो पार्नेछ। सहमति गरे पनि अहिले विराटनगरदेखि वीरगञ्जसम्मका व्यवसायीले हामी सक्दैनौ भनेर फोन गरिराखेका छन्।

 

अनौपचारिक व्यवसाय अझै धेरै रहेको नेपालको परिपे्रक्ष्य र अनुगमन गर्ने डिजिटल पूर्वाधार नभएको अवस्थामा नयाँ न्यूनतम तलबदर पूर्ण कार्यान्वयन हुनेमा जानकारहरू संशय व्यक्त गर्छन्।

बिबिसि


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement