Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

  |      16:26:00   |  
नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

फागुन ६, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् ।

केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्‍दै माफी मागेकी हुन् ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतीय प्रहरीले छानबिन अगाडि बढाएपछि उनले सामाजिक सञ्जालमा आएर माफी मागेकी हुन् ।

उनले भिडियो भनेकी छिन्, ‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्‍यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु।’
यसअघि सोमबार राति कलेभित्र मञ्जुशा पाण्डेले नेपाली विद्यार्थीहरूलाई गालीगलौज र गिज्याउँदै जहाँ सुरक्षित भए त्यही जान भन्‍दै निक्लिएर जान भनेकी थिइन् । उनीसँगै रहेकी अर्की महिलाले त झन् ‘तिम्रो नेपालको बजेटभन्दा ठुलो बजेट त हाम्रो विश्वविद्यालयको छ, तिमीहरूलाई यहाँ फ्रीमा बसाएर खुवाइरहेका छौं’ भन्‍दै अपमानजनक गालीगलौज गरेकी थिइन् ।

उनीहरूले गालीगलौज गरिरहँदा नेपाली विद्यार्थीले बीचमा हाम्रो के गल्ती भयो र रु भनेर प्रश्‍न गर्दा मञ्जुशा पाण्डेले भनेकी थिइन्, ‘ हामी जान्दैनौ। कृपया तिमीहरू यहाँबाट तत्काल जाऊ। नत्र प्रहरी आउनेछ र कारबाही गर्न बाध्य हुनेछ ।’

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमै मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।

लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement