फागुन १२, काठमाडौं । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन्।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपालगन्जमा आज आयोजना गरेको म नागरिक, म बनाउँछु नेपालु कार्यक्रममा उनले यस्तो बताएकी हुन्। महिलाहरू गाउँदेखि शहरसम्म साना-साना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको उनले सुनाइन्।
महिला दिदीबहिनीहरू देशमै केही गर्छौ भनेर उधममा लाग्नु भएको छ, ज्ञवालीले भनिन्। नेपालमा रोजगारी छैन भन्ने गलत मानसिकतालाई महिलाहरूले तोडिरहेको अध्यक्ष ज्ञवालीको भनाइ छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ।