Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा यौन व्यवसायमा लगाउने युगान्डाकी महिलालाई १० वर्ष कैद

  |      10:14:00   |  
नेपालमा यौन व्यवसायमा लगाउने युगान्डाकी महिलालाई १० वर्ष कैद

माघ २२ काठमाडौं । विदेशीहरू नेपालमा वेश्यावृत्तिका लागि आउनु चिन्ताजनक रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । मानव बेचबिखन (वेश्यावृत्तिमा लगाएको) मुद्दामा जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले यसप्रकारको कार्य हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ ।

युगान्डाकी एक महिलालाई नेपालमा ल्याई वेश्यावृत्ति गर्न लगाइएको तथा उनीसँगै उक्त देशका अन्यलाई पनि ल्याइएको विषयमा अदालतले यस्तो फैसला गरेको हो । वेश्यावृत्तिलाई मानव बेचबिखन मानिने नेपालमा खुला रूपमा विदेशी वेश्यावृत्तिका लागि आउनु तथा ल्याइनुले नेपाल वेश्यावृत्तिका लागि सहज भएको सन्देश विदेशमा जाने न्यायाधीश नेपालले फैसलामा उल्लेख गरेका छन् ।

‘नेपालको विद्यमान कानुन र व्यवहारमा देखिएको यसप्रकारको पार्थक्यताबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय ख्यातिको प्रवद्र्धनमा देखा पर्न सक्ने नकारात्मक प्रभाव ठूलो चासो र चिन्ताको विषय हो । यस्ता कार्यलाई निरुत्साहित गर्दै कानुनको पालनामा सम्बन्धित सबै प्रतिबद्ध पनि हुनु अत्यावश्यक पनि छ,’ फैसलामा भनिएको छ । विदेशी नागरिकलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको यो घटना प्रहरीसम्म पहिलोपटक पुगेको हो ।

जिल्ला अदालतले मानव बेचबिखन (वेश्यावृत्तिमा लगाएको) मुद्दामा कसुरदार ठहर गर्दै युगान्डाकी नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । साथै, पीडित युवतीलाई भने ८० हजार क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ । नतासा १५ फागुन ०७९ मा पक्राउ परी सोही दिनदेखि थुनामा छिन् ।

प्रहरीका अनुसार पीडित युवतीको घरमा सातजना थिए, जसको पालनपोषण उनैले गर्नुपथ्र्यो । राजधानी काम्पालाको मोबाइल पसलमा काम गरिरहेको वेला एक महिलाले दुबई, नेपाल र श्रीलंकाजस्ता देशमा काम लगाइदिने र मासिक पाँच सय डलर कमाइ हुने आश्वासन दिइन् । सैलुन, क्लिनर, वेट्रेसजस्ता जागिर गर्नुपर्ने भनेपछि ती युवती नेपाल आउन तयार भएकी थिइन् । सुरुमा नतासाले नै खर्च गरिदिने, तर कमाएपछि तिर्नुपर्ने प्रलोभन देखाई उनले ती युवतीलाई नेपाल पठाएकी थिइन् ।

नेपालमा आफ्नी बहिनी नतासालाई भेट्न भनेर दुबई हुँदै २८ जनवरी २०२३ मा युवती नेपाल आएकी थिइन् । ठमेलस्थित होटेल जर्नीमा नतासालाई भेटेपछि मात्र उनले आफूलाई वेश्यावृत्तिमा लगाउन ल्याइएको थाहा पाइन् । नतासाले आफूले नेपालबारे धेरै कुरा जानेको, चिनजान भएको र भनेको नमानेमा मारिदिने धम्की दिने गरेकी थिइन् ।

युवतीले प्रहरीलाई बताएअनुसार बिरामी हुँदा औषधिसमेत नदिई दिनहुँ पाँचदेखि सातजनासँग शारीरिक सम्बन्ध राख्न उनलाई बाध्य बनाइने गरेको थियो । पैसा पनि नदिने र उपचार पनि नगराइदिने तथा आफू बसेको होटेल र अन्य होटेलमा गई ग्राहकहरूसँग पठाउने गरेको बयान युवतीले प्रहरीमा दिएकी थिइन् । युगान्डाकै दुई र नेपाली युवतीलाई समेत होटेलमा उनले राखेको प्रहरीलाई बताएकी थिइन् । यद्यपि, अदालतमा भने पीडितले इन्कारी बयान दिँदै आफ्नो परिवारको सुरक्षा गरिदिन आग्रह गरेकी थिइन् ।

आफूले अब काम गर्न सक्दिनँ भनी उपचार माग गरेकोमा आफूलाई निकालिदिएको उनको भनाइ थियो । शिक्षण अस्पतालमा जाँचका क्रममा उनको पाठेघर सुन्निएको भेटिएको थियो । यो मुद्दामा जिल्ला अदालतले गत वर्ष ५ चैतमा फैसला गरेको थियो भने यसै वर्ष ४ वैशाखमा सजाय निर्धारण भएको हो । ‘आफ्नो देश जान्छु भनेर टिकट काटेपछि पनि नतासाले टिकट क्यान्सिल गराइदिएकी रहिछन्, अनि उनी आफ्नो देश जान पाइनन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement