Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन

  |      15:30:00   |  
नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन

पुस १८, काठमाडौं। 

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको छ। परराष्ट्र मन्त्रालयकी प्रथम महिला अतिरिक्त सचिवबाट अवकाश पाएकी उनी बैंकर अनिलकेशरी शाहकी आमा हुन्।

शाहको निधन भएको पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराईले नयाँ पत्रिकालाई जानकारी दिएका छन्। भट्टराईका अनुसार उनी अमेरिका ९कोलम्बिया युनिभर्सिटी०बाट स्नातक गर्ने पहिलो नेपाली महिला थिइन्। सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन्।

नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र पछि भारतका लागि नेपाली राजदूत थिइन्। उनी नेपालको पहिलो महिला राजदूत रहेकी भट्टराईले जानकारी दिए। २०४४ सालमा उनी भारतका लागि राजदूत थिइन्। जनआन्दोलनलगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता गरेको थियो। 

उनका दुई छोराहरू अनिल शाह र उज्ज्वल शाह हुन्। उज्ज्वलको निधन भइसकेको छ। विन्देश्वरी नेपालबाट भारतका लागि अहिलेसम्म परराष्ट्र सेवाबाट गएकी अन्तिम करिअर राजदूत हुन्। उनीपछि भारतमा राजनीतिक भागबन्डाका आधारमा परराष्ट्रबाहिरका व्यक्तिहरू राजदूत हुँदै आएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement